‘कि खान देउ, कि घर जान देउ’

वैशाख १७, काठमाडौ– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन नै गर्ला भन्ने लागेको थिएन संखुवासभाकी शिला बर्देवालाई । काठमाडौमा अध्ययनरत शिला स्नातक तहको परिक्षा कुरीरहेकी थिइन् ।

गृह जिल्ला फर्कने कुनै योजनामा पनि थिइनन् । सामान्य दैनिकी चलिरहेकै थियो । तर सरकारले अचानक लकडाउन लागु गरेपछि भने उनलाई समस्या पर्न थाल्यो । लकडाउन लागु भएसंगै बढेको बजार भाउले पनि उनलाई पिरल्यो ।

‘अहिले गाँउबाट पैसा पठाउन बाताबरण छैन, यहा महंगीले मार्न लागिसक्यो ।’ उनले भनिन् । उनलाई गाँउबाट पैसा पठाउनका लागि करिब दुइ घण्टाको बाटो पार गर्नुपर्दछ । अहिले हिड्ने अवस्था पनि छैन र बित्तिय संस्थाहरु पनि प्राय बन्द छन् ।

बर्देवा पेप्सीकोलामा भाइसंग बस्दै आएकी छन् । उनले मासिक ८ हजार घरभाडा तिर्नु पर्ने वताइन । चैत देखि लागु भएको लकडाउनमा सरकारले बिद्यार्थीलाई भाडा नलिनु भनेर घरबेटीलाई निर्देशन दिएको छ । तर सरकारको यो निर्देशन उनका घरबेटीलाई लागु भएन । बैशाखको पहिलो हप्तामै उनले घरभाडा बुझाइसकेकी छन् । ‘भाडामा छुट दिने कुरा त छैन नै समय भन्दा अगाडि घरबेटीलाई पैसा बुझाउनु पर्दछ ।’ उनले भनिन् ‘यस्तो वेला काठा खाली गर्न भने भने के गर्ने ?’

सामान्य अवस्थामा भन्दा लकडाउनको समयमा उनिहरुले खानामा पनि भारी कटौती गरेका छन् । ‘आम्दानी छैन । महंगी त्यस्तै छ, त्यहि भएर फारु गर्दै खाइरहेका छौ ।’ उनले सुनाइन् । एकमहिना अघि घरबाट पठाएको पैसाले पनि उनिहरुलाई साथ छोड्न लागेको छ । ‘अब त पैसा पनि सकिन लागिसक्यो स्टकमा पनि सामान छैन, कसरी बस्ने होला अन्योलमा छु ।’ उनले बताइन् ।

घर जान पाएको भए उनलाई यस्ता समस्या भोग्नु पर्दैन थियो भन्ने लाग्छ । तर लकडाउनकै कारण उनि घरसम्म पुग्न सकेकी छैनन् । किस्ता किस्तामा थपिएको लकडाउनले उनमा पनि किस्ता किस्तामा समस्या थपिदै गएको छ । समस्या कहिलेसम्म भोग्नु पर्ने हो उनलाइ थाहा छैन । बिद्यार्थीलाई राहत बाडेको सुनेकी उनले आफुलाई कसैले पनि सहयोग नगरेको वताइन । उनले सुनाइन् ‘राहत पाउनका लागि पहुच हुनुपर्ने रहेछ होला ।’ उनले अगाडी थपिन ‘न घरभाडामा सौहियत छ न त राहतमा ।’

त्यस्तै बैदेशिक रोजगारको क्रममा फसेको रकम उठाउन काठमाडौं आएका पाल्पा जिल्ला पूर्व खोलाका कमल खत्री लकडाउनका कारण काठमाडौंमा नै फसे । लकडाउन संगै गोङगबु स्थित गेस्ट हाउस वन्द भए पछि उनि न यता न उता भए । न रकम छ न वस्ने न खाने थातथलो छ । घर जाने कुनै उपाए छैन । यस्तै चिन्ता भौतारिरहेका उनले घाउमा मलम लगाउने सहयोगी भेटे ।

सहयोगीले उनको कोठमा स्वागत गरे । ‘हप्ता दिन त ठिकै भयो, तर पछि पैसाको अभावले त्यहि पनि के खाने भन्ने भयो । अहिले न खाने कुरा छ न पैसा ।’ उनले भने‘सहयोगको याचना गरिरहेको छु ।’ उनले के खानेकुरा दिने, के पाल्पा घर सम्म जाने प्रवन्ध मिलाउन अग्रह गरेका छन ।

यि त केहि उदाहरण मात्रै हुन । किस्ता किस्तामा थपिएको लकडाउनले हजारौ अलपत्रमा परेका व्याक्तिहरुको विजोक भएको छ । मजदुरहरु, विद्यार्थीहरु र काम विशेषले अड्किएकाहरु के खाने कसरी जिवन चलाउने भन्ने चिन्तामा पिरोलिएका छन ।

यतिवेला कोरोना भइरसको सक्रमणवाट जोगिनु त छदैछ त्यो भन्दा वढी गाँस वास को समस्याले मानिसहरु थलिएका छन । माहामारीको वेला राज्यको उपस्थिति सहज र सरल ढंगवाट भए सरकार र गरिव जनताको दुरी नजिकिने छ । होइन भने भोकप्यासमा छटपटिएकाहरुले सरकार समयमा नदेखे सरकार र जनता विच वनेको खाडल पुर्न धेरै मूल्य चुकाउनु पर्ने छ ।