चलचित्र ‘लभ डायरिज’ युट्युबमा सार्वजनिक

बैशाख १२, काठमाडौं – सुशील श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘लभ डायरिज’ युट्युबमा सार्वजनिक भएको छ ।

सौरभ चौधरी निर्दे्शित चलचित्र बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । लकडाउनलाई मध्यनजर गर्दै नयाँ चलचित्र सार्वजनिक भइरहेका छन् ।

दर्शकले लामो समयसम्म हलमा गएर चलचित्र हेर्न पाएका छैनन् त्यसैले घरमा नै बसेर चलचित्र हेर्न सजिलो होस् भनेर एक पछि अर्को चलचित्र सार्वजनिक गरिएका हुन् ।

प्रेमकथामा आधारित चलचित्रमा अभिनेता सुशील श्रेष्ठ र रुविना थापाको मुख्य भूमिका रहेको छ ।