घाँस काट्न गएका वृद्धको लडेर मृत्यु

 

बैशाख १२, काठमाडौ – पाँचथर मिक्लाजुङ ६ कन्याटारका एक वृद्धको लडेर मृत्यु भएको छ ।

शनिवार दिउँसो साढे १ बजे घर नजिकै बारीमा घाँस काट्ने क्रममा लडेर ९० बर्षीय सुरेन्द्र राईको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।