हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ

वैशाख १२, काठमाडौ – हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन ।

सल्यानको कुमाख गाउँपालिका बस्ने ३८ वर्षीय भिमे रावतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई भेरी नदीको किनारामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।