माछा मार्न गएका काङबाङलाई तमोर नदीले बगाउदा बेपत्ता

बैशाख ११, काठमाडौ – ताप्लेजुङको त्रिवेणी गाउँपालिका २ फुलवारीका १७ बर्षीय मनोज काङबाङलाई तमोर नदिले बगाउँदा बेपत्ता भएका छन् ।

बुधवार अपरान्ह पौने ५ बजे तमोर नदीमा माछा मार्न जाल थाप्ने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएका काङबाङको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।