पाल्पाको चिसापानीमा ट्रयाक्टर दुर्घटना हुदा एक युवकको मृत्यु

वैशाख ११, काठमाडौ – पाल्पाको रैनादेविछहरा गाउँपालिका मर्च्याङदि चिसापानिमा ट्रयाक्टर दुर्घटना हुदा एक युवकको मृत्यु भएको छ ।

आज विहान गुल्मिको छत्रकोट देखि पाल्पाको चिसापानितर्फ मल बोकि आउदै गरेको लु २ त ८५६८ को ट्रयाक्टर अनियन्त्रित भई दर्घटना हुदा गुल्मि छत्रकोट गाउँपालिका बस्ने १९वर्षिय विकाश घिमिरेको उपचारको लागि युनाईटेड मिसन अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकि सर्देवाका प्रहरी सहायक निरिक्षक खगेन्द्र कुमार श्रेष्ठको कमाण्डमा गएको प्रहरी टोलीले चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।