टेकु अस्पतालको आइसोलेनमा रहेका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ

बैशाख १०, काठमाडौं र्– यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएपनि केन्द्रीय कारागार त्रिपुरेश्वरका कैदीहरुको स्वास्थ्य परीक्षणमा खटिएका दुई नर्सको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

दुई पटक गरिएर्को यापिड टेस्टमा दुई पटक नै कोरोना पोजेटिभ देखिएपछि ती नर्सलाई टेकु अस्पतालको आईसोलेनमा भर्ना गरिएको थियो ।
उनीहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिमार्फत परीक्षण गर्दा दुवैको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पताल स्रोतले जनाएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई डिस्चार्जको तयारी गरिएको छ ।

हालसम्म नेपालमा ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ भने ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
अहिलेसम्म ८ हजार ७ सय ७४ जनामा स्वास्थ्य परीक्षण गरिएको छ । तीमध्ये ८ हजार ७ सय ३२ जनामा संक्रमण देखिएको छैन ।