बिदेशी पाइलटको तलब घटाउदै वायुसेवा निगम

बैशाख १०, काठमाडौं –नेपाल वायुसेवा निगमले करारमा रहेका विदेशी पाइलटको तलब घटाउने निर्णय गरेको छ। निगमले उनीहरुको तलब ४० देखि ५० प्रतिशत घटाउने निर्णय गरेको हो।

निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले १० हजार डलरभन्दा कम खानेको ४० प्रतिशत र त्यसभन्दा माथि रहेका विदेशी पाइलटको तलब ५० प्रतिशत कटौती गर्ने निर्णय गरेका हुन्।

कोरोनाका कारण निगम चरम संकटमा परेको भन्दै आर्थिक भार कम गर्न तलब कटौती गरिएको उनको भनाइ छ। निगमले यसअघि लकडाउन सुरू भएसँगै एयर होस्टेसलाई बिदा दिने निर्णय गरेको थियो ।

निगममा विदेशी पाईलटले न्यूनतम १३ हजार डलर तलब खाने गरेका थिए। त्यसमा पनि तलबबाहेक ३६ प्रतिशत कर निगमले नै तिर्ने गरेको थियो। अहिले निगममा १३ विदेशी पाइलट छन्।