प्रेस सङ्गठनद्वारा सञ्चारगृहलाइ मास्क र स्यानिटाइजर वितरण

बैशाख १०, डोटी – प्रेस सङ्गठन नेपाल डोटी शाखाले जिल्लामा रहेका सञ्चारगृहलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ । सङ्गठनले आज डोटीबाट सञ्चालित विभिन्न सञ्चारगृहलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

मुलुकमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको अवस्थामा जनतालाई सुसूचित गर्ने, सूचना प्रवाह गर्ने सञ्चारकर्मीलाई कुनै पनि निकायबाट सहयोग नभएकाले सङ्गठनले सामग्री उपलब्ध गराएको डोटी शाखा अध्यक्ष कर्णबहादुर चन्दले बताएका छन् ।

जिल्लाका ११ सञ्चारमाध्यमलाई ४० बोतल स्यानिटाइजर र ४०० थान मास्क वितरण गरिएको हो । उक्त सङ्गठनले जिल्लमा सङकट उत्पन्न हुने समयमा सधैँ अग्रपङ्क्तिमा रहेर काम गर्ने मिडियाकर्मीलाई सुरक्षित रहेर काम गर्ने वातावरणको सिर्जना गर्नसमेत माग गरेको छ ।