भीम नेता रावल भन्छन् ‘अनिष्टकारी अध्यादेश खारेज हुनुपर्छ’

बैशाख ९, काठमाडौं – सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले सरकारले ल्याएका अध्यादेशले राजनीतिक अस्थिरता ल्याउने भन्दै खारेज गर्नुपर्ने बताएका छन् ।

नेता रावलले विधेयकलाई अनिष्टकारीको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकताबद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषद्मा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्नेगरी अध्यादेश ल्याइनु अनुचित र देशको लागि अनिष्टकारी हो।’

सामाजिक संजाल ट्विटरमा लेखेका छन्, ‘तत्कालीन नेकपा एमालेको निकै ठूलो प्रयासपछि संवैधानिक परिषदमा विपक्षी दलको नेता रहने धारणाले संविधानमा स्थान पाएको थियो। यसकाविरुद्ध ल्याइएका यी दुवै अध्यादेशले देशलाई पुनः राजनीतिक अस्थिरता र बाह्य चलखेलको चरणतर्फ धकेल्ने खतरा उत्नपन्न भएको छ। यस्ता अनिष्टकारी अध्यादेश खारेज हुनुपर्छ।’