आज थपिए १४ जना कोरोना संक्रमित

वैशाख ५ , काठमाडौं – नेपालमा शुक्रवार १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय पनि भएको जनाइएको छ । यस्तै थपिएका दुई जना संक्रमित चितवनका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।