वन्दावन्दीको असर न्यूनकरण योजना वारे सांसद रानाले सरकारलाई दिए यस्तो सुझाव

 

वैशाख ५, काठमाडौ कोरोना भाइरसको असर कम गर्न चुनौति थपिएको छ । सरकारले आफुले सक्दो कदम चालिरहे पनि यो प्रयाप्त हुन सकेको छैन । यसै बिच प्रतिनीधि सभाका सदस्य दल बहादुर रानाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको वन्दावन्दीको असरले जनतालाई पारेको असर न्युनिकरणका लागि सरकार समक्ष केहि सुझाव दिएका वताएका छन ।

सासंद रानाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा समेत आफ्ना सुझावहरु अपलोड गरेका छन् । उनले हाल सम्म सरकारले गरेका निर्णय र निर्देशन प्रति आभार प्रकट गर्दै स्वास्थ्य मन्त्रालयबाट पठाएको स्वास्थ्य सामाग्रीहरु प्रदेश मार्फत मुख्य प्रभावीत क्षेत्र र अस्पताल केन्द्रित रहेको वताएका छन । यसले समुदायस्तरमा पुग्न सकेन । त्यसैले वडा अन्र्तगत पर्ने स्वास्थ्य चौकि सम्मै सामाग्रीको पहुच बढाउनु पर्ने उनको सुझाव छ ।

त्यस्तै, भारतीय सीमा क्षेत्रको निगरानीका बाबजुत लुकिछिपी गरिने प्रवेश नियन्त्रण गर्न थप सजकता अपनाउनु पर्छ । सामाजिक सुरक्षा दुरी कायम गर्दै संक्रमण नदेखिएका स्थानीय तहलाई बैंठक बस्न र काम सुरु गर्ने वातावरण मिलाउन आवश्यक रहेको रानाले औल्याएका छन । संक्रमण नदेखिएका स्थानीय तहमा बाहिरबाट आएका व्यक्तिहरुलाई आरडिटि टेस्ट गरि सक्दा पनि कुनै संक्रमण नदेखिए उक्त तह भित्र आन्तिरिक बन्दाबन्दी खुलाउने । यो क्रम अरु स्थानीय तह जिल्ला गर्दै खुला गर्दै जानु पर्छ ।

साथै हाल संक्रमण देखिएको स्थानीय तह बाहेकका अलपत्रमा परेका व्यक्तिहरुले पुग्ने र पठाउने ठाउको सिफारिसमा यातायात पास माग गरे सहज रुपमा दिनु पर्ने लगायतका योजनाहरु रानाले सरकारलाई प्रस्तुत गरेका छन् ।