चिकित्सक कुटपिटमा संलग्न डिएसपी लम्साल वृत्त प्रमुखको जिम्मेवारीबाट हटाइए

 

बैशाख ४, काठमाडौं –त्रिवि शिक्षण अस्पतालबाट खाना खाएर फर्किदैं गरेका तीन जना आवासीय चिकित्सक कुटपिटको घटनामा संलग्न रहेका नेपाल प्रहरीको महाराजगन्ज वृत्तका डिएसपी उमेश लम्साल जिम्मेवारीबाट हटाइएको छ ।

कोभिड–१९ को महामारीमा अंग्रपंक्तिमा खटिने चिकित्सकमाथि प्रहरीले कुटपिट गरेपछि यसको चौतर्फी रुपमा तीब्र आलोचना भएको थियो । लगतै महानगरीय प्रहरी कार्यलयले उनलाई वृत्तको जिम्मेवारीबाट हटाएकमे छ । महानगरीय प्रहरी कार्यलयमा तानेको महानगरीय प्रहरीका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । उनकाअनुसार उक्त घटनमा संलग्न अन्य प्रहरीलाई पनि महानगरीय कार्यलयमा तानिएको छ ।

कार्यलयले यसअघि प्रहरी बरिष्ठ उपरिक्षक किरण ब्रजाचार्यको संयोजकत्वमा प्रहरी उपरिक्षक मुकेश सिंह र प्रहरी नायब उपरिक्षक होबिन्द्र बोगटी रहेको छानविन समिति गठन गरेको थियो ।

जसले घटनाको छानविन सुरु गरिसकेको छ । बुधबार राति ८ बजेतिर शिक्षण अस्पतालमा खाना खाएर फर्किरहेको अवस्थामा डा. शम्भु खनाल, डा. तेजप्रसाद साह र डा. विकास शाहलाई लकडाउन गरेको भन्दैं महानगरी प्रहरी वृत्त महाराजगन्जको टोलीले लाठीचार्ज गरेको थियो ।