कोरोना भाइरस बाट अमेरिकामा एकै दिन २२ सयको मृत्यु

बैशाख ३, एजेन्सी–अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकै दिन २ हजार २ सय २८ को मृत्यु भएपछि अहिलेसम्मकै बढी मृत्युको ‘रेकर्ड’ कायम भएको छ।

यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार ३ सय पुगेको छ भने संक्रमितको संख्या ६ लाख नाघेको छ। अलजजिराका अनुसार यसअघिको एकै दिन धेरै मृत्यु हुने रेकर्ड २ हजार २९ थियो, जुन गत शुक्रबार कायम भएको थियो ।

बढेको संख्यामा न्युयोर्कले सार्वजनिक नगरेका तर परीक्षण गर्न नपाई ज्यान गुमाएको संख्या समावेश गरिएको छैन।

अधिकारीहरुले सम्भवतः ३ हजार ७ सय ७८ संक्रमितको अस्पताल नै नपुगी मृत्यु भएको बताएका छन्। तर, ६ हजार ५ सय ८९ जनाको भने प्रयोगशालामा परीक्षण भएको थियो। न्युयोर्कमा मात्रै कोरोनाबाट १० हजारको मृत्यु भएको छ।