जाजरकोटका सबैको रिपोर्ट नेगेटिभ

चैत्र २९, काठमाडौ – बिहीबार जाजरकोटबाट सङ्कलन गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

जिल्लाका क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका १४ जनालाई कोरोना भएको भन्दै नमूना परीक्षणका लागि सुर्खेत पठाइएको थियो ।

शनिवार सबैको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले राससलाई जानकारी दिए । नेगेटिभ रिपोटै आएका सबैलाई घर पठाइने बताइएको छ ।