मनाङमा एकजना मात्र क्वारेन्टाइनमा

चैत १९, काठमाडौं – कोभिड–१९ को जोखिम हुन नदिन मनाङमा विदेशबाट फर्किएका नागरिकको खोजी जारी रहेको छ ।

स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । जिल्लामा हाल भारतबाट फर्किएका एकजना मात्रै क्वारेन्टाइनमा छन् ।

प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार मनाङमा यस भन्दाअघि चारजनालाई क्वारेन्टाइनमा राखिएको थियो । उनिहरु हाल घर फर्किसकेका छन् ।

जिल्लामा विदेशबाट आउने नागरिकको सङ्ख्या कम छ भने विदेशी पर्यटकसमेत रहेका छन् ।