फिल्म मजदुरको खातामा सलमानले पठाए प्रतिब्यत्ति ३ हजार

चैत २८, एजेन्सी – कोरोना भाइरसले सम्पूर्ण व्यापार व्यवसाय तथा साना ठुला आर्थिक लाभ हुने कामहरू सबै ठप्प छन् ।

लामो समयदेखि लकडाउन हुँदा बलिउड चलचित्रमा काम गर्ने मजदुरहरूको दैनिक जीवन समस्यामा परेको छ । यसैले दैनिक काम गरेर गुजारा चलाउने यी मजदुरको सहजताका लागी बलिउड कर्मीहरू लागी परेका छन् ।

यसै बिच बलिउड अभिनेता सलमान खान आफ्नो तर्फबाट पीडित मजदुरको जीवन सहज बनाउन सक्दो प्रयास गरिरहेका छन् । उनले केही दिन अघि २३ हजार बलिउड मजदुरलाई सहयोग गर्ने घोषणा गरेका थिए । यसै अनुरूप उनले पहिलो चरणमा हरेक मजदुरको खातामा ३–३ हजार नगद पठाएका छन् ।

सलमानले केही दिनपछि फेरि रकम पठाउने भारतीय सिने कर्मचारी सङ्घका अध्यक्ष वीएन तिवारीले जानकारी दिएका छन् । सङ्घसँग उनले मजदुरहरूको सूची मागेका थिए, सङ्घले २३ हजार मजदुरको नाम पठाएको थियो ।