भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय कार्वान्वयन नहुने

चैत २७, काठमाडौं – लकडाउनका कारण  घर जान नपाएकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकारले आफ्नो निर्णय पिर्ता लिएको वुझिएको छ ।

कोरोना भाइरसको रोकथाम तथानियन्त्रणका लागि सरकारले ११ चैतदेखि लकडाउन गरेको छ । वैशाख ३ सम्म लम्बिएपछि लकडाउनमा फसेका मानिसहरु हिँडेर समेत घर जान थालेका छन् । त्यसलाई हेरेर सरकारले उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने गृहकार्य गरेको थियो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरोकारबाला मन्त्रीहरुलाई बोलाएर उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिन निर्देशन दिए । तर पनि विभिन्न कठिनाइका कारण तत्काल सम्भव नदेखिएको जनाइएको छ ।