World Remit / Orbit Remit बाट एन आई सी एशिया मार्फत ५० भन्दा बढी देशहरूबाट रेमिट्यान्स पठाउन सकिने

 

चैत २७, काठमाडौं – एन आई सी एशिया बैंकले नेपालमा रहेका जुनसुकै बैंक खातामा जम्मा गर्न मिल्ने सुविधा ल्याएको छ । World Remit / Orbit Remit  ५० भन्दा बढी देशहरूमा रहने नेपालीहरुले घरमै बसेर एन आई सी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्ने भएका छन् ।

विदेशबाट रकम पठाउनका लागि निम्नलिखित तरिकाहरूबाट World Remit / Orbit Remit मार्पmत घरमै बसी एन आई सी एशिया बैंकको खाता तथा नेपालका अन्य जुनसुकै बैंक खातामा रकम जम्मा गर्न सकिनेछ ।

World Remit  बाट रकम पठाउनको लागि ।
१. https://www.worldremit.com/en/Nepal  गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सकिन्छ ।

२. https://youtu.be/-l37jdXu4yI मार्फत ग्राहकवर्गले ध्यचमि च्झष्त बाट रकम पठाउने आवश्यक जानकारी समेत लिन सकिन्छ ।

३. यसको साथै  https://www.worldremit.com/en/stories/story/2020/04/01/sending-receiving-money-covid-19 मार्फत ग्राहक महानुभावहरूले थप जानकारी लिन सकिन्छ ।

४. World Remit बाट रकम पठाउदा नयाँ ग्राहकहरूले पहिलो ३ वटा ट्रान्सफर निःशुल्क पठाउन सकिन्छ ।  भने त्यसको लागि 3FREE प्रोमो कोड प्रयोग गनुपर्नेछ ।

५. World Remit  बाट ग्राहक महानुभावहरूले अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी रकम पठाउन सकिन्छ ।

Orbit Remit  बाट रकम पठाउनको लागि ।

१. https://www.orbitremit.com/nepal  गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सकिनेछ ।

२. रकम पठाउदा कुनै समस्या भएमा Orbit Remit  को रकम पठाउने वेबसाइटमा रहेको च्याट सुविधा मार्फत पनि आवश्यक जानकारी लिन सकिनेछ ।

३. Orbit Remit  बाट रकम पठाउदा नयाँ ग्राहक महानुभावहरूले पहिलो ट्रान्सफर निशुल्क रुपमा पठाउन सक्नुहुनेछ । निशुल्क रकम पठाउनको लागि पठाउदा ँच्भ्भ्द्दल्एच् प्रोमो कोड प्रयोग गनुपर्ने हुन्छ ।

४. Orbit Remit बाट ग्राहक महानुभावहरूले बेलायत, अष्ट्रेलिया र न्यूजिल्यान्डसहित ३ वटा देशहरूबाट घरमै बसी रकम पठाउन सकिन्छ ।