सरकारले तोकिएका सार्वजनिक साधनमा उपत्यकाबाट बाहिर जान पाइने

चैत २७, काठमाडौं –सरकारले घोषणा गरेको लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरु शुक्रबार र शनिबार उपत्यका बाहिर जान पाउने भएका छन् ।

बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाहरुसँगको बैठकले सो निर्णय गरेको हो ।

११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेपछि सकारले यस्तो निर्णय गरेको बताइएको छ ।

जसअनुसार सरकारले तोकेका सार्वजनिक सवारी साधन मात्र चल्नेछन् ।