कोभिड–१९ –विश्वभरी १५ लाख १९ हजार ४४२ सङ्क्रमित

चैत २७, एजेन्सी – कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङ्क्रमित भएका छन् । यो समाचार तयार पार्दा सम्म प्रकोपबाट संंसारभरि ८८ हजार ५४३ जना को मृत्यु भएको छ । यसबाट ३ लाख ३० हजार ८९० जना भने निको भएका छन् ।

बुधबार एकै दिन अमेरिकामा १ हजार ९ सय २६ जनाले ज्यान गुमाएका थिए । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ७७४ पुगेको छ। अमेरिकामा ४ लाख ६२ हजारमध्ये ३१ हजार ७० जना नयाँ संक्रमित थपिएका छन्।

बेलायतमा पनि एकै दिन ९३८ जनाले ज्यान गुमाए । यहाँ हालसम्म ७ हजार ९७ जनाले ज्यान गुमाएका छन्। ६१ हजार ४७४ जना संक्रमित मध्ये ५ हजार ४ सय ९१ जना नयाँ संक्रमित थपिएका छन्।

स्पेनमा एकै दिन ७४७ जनाले ज्यान गुमाएका छन् । स्पेनमा हालसम्म १४ हजार ७९२ जनाले ज्यान गुमाएका छन् भने १ लाख ४८ हजार २२० संक्रमित छन्। जसमा ६ हजार २ सय ७८ जना नयाँ संक्रमित भएका छन्।

इटालीमा एकै दिन ५४२ जनाले ज्यान गुमाएका छन्। हालसम्म यहाँ १७ हजार ६६९ जनाले ज्यान गुमाएका छन्को भने १ लाख ३९ हजार ४२२ संक्रमित छन्। जसमा ३ हजार ८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन्।

जर्मनीमा १ लाख १३ हजार २९६ संक्रमित छन् । यहाँ ४६ हजार ३ सय निको भएका छन् भने मृत्यु हुनेको संख्या २ हजार ३४९ छ ।