अमेरिकन आइडलको टप २० मा पुगे दिवेश पोखरेल

चैत २४, एजेन्सी – अमेरिकन आइडलको १८ औँ संस्करणको टप २० मा पुग्न सफल भएका छन् नेपाली युवा हुन् दिवेश पोखरेल ।

आइतबार प्रसारण भएको एपिसोडबाट उनी टप २० मा सुरक्षित भएका हुन् । ’अर्थर गन’को नामबाट परिचित दिवेशले हरेक प्रस्तुतिमा जजबाट ’स्ट्यान्डिङ अवेशन’ पाइरहेका छन् ।

यस पटक भने उनले लेजेन्डरी गायक बब मार्लीको गीत गाएका थिए । टप २० छान्नको लागि जजलाई निकै सकस परेको थियो । तर, दिवेशलाई टप २० मा लग्न केही सोच्नु नपरेको जजहरूले बताएका छन् ।

दिवेशलाई टप २० मा छान्दै गर्दा जजले भनेका थिए, ’तिमी उदाउँदो तारा हौ ।’