मन्त्रिपरिषदको बैठक बस्दै लकडाउनको अवधि थपिने

चैत २४, काठमाडौं – मन्त्रिपरिषदको बैठक दिउँसो २ बजे बस्ने भएको छ । अपराह्य ४ बजे तोकिएको बैठक २ बजे बोलाइएको हो ।

मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधि पुनः थप्नसक्ने बताइएको छ । सरकारले लागू गरेको लकडाउनको अवधि मंगलबार दुई साता पूरा हुँदैछ।

कोरोना रोकथाम तथा नियन्त्रण सम्वन्धी उच्च स्तरीय समितिले लकडाउन बढाउन गरेको प्रस्तावलाई मन्त्रिपरिषदले अनुमोदन गर्नेछ।