शाहरुखको सहयोग –५५ सय विपन्न परिवारलाई १ महिना खाना

चैत २३, एजेन्सी – भारत सरकारले कोरोनासँग लड्न कोरोना रोकथाम गर्नको लागी कोष खडा गरेको छ ।

उक्त कोषमा धेरै बलिउडका अभिनेता तथा अभिनेत्रीले आर्थिक सहयोग गरिरहेका छन् । यस क्रममा अभिनेता शाहरुख खानले पनि शुक्रवार आफ्नो र आफ्नो कम्पनी रेड चिल्लीका तर्फबाट सहयोग गर्ने बताएका छन् ।

योसँगै शाहरुखले आर्थिक सहयोगसँगै विपन्न वर्गका आर्थिक स्थिति कमजोर भएकाको लागी विभिन्न सामग्री र खाद्यान्नको घोषणा गरेका छन् । उनले एक महिनासम्म मुम्बईका ५५ सय विपन्न परिवारलाई दैनिक खाना खुवाउने बताएका छन् ।