वुहानसँग साक्षात्कार

ट्रेसी वेन लीउ

काठमाडौ – वुहानको चार नम्बर अस्पतालमा हृदय रोग विशेषज्ञका रुपमा कार्यरत डा. ली ले मार्चको तेस्रो हप्ता भरि नै अस्पतालको साधारण सेवा पुनःखोल्ने तयारी गर्दैमा बिताए जुन जनवरी २२ मा बन्द भएको थियो । पछि त्यो कोभिड–१९ का विरामीहरुलाई उपचार सुविधा दिने मुख्य अस्पताल भयो । कोरोना भाइरस फैलिए सँगै उनी सबै भन्दा अगाडी रहेर दुई महिना सम्म काम गरिसके पछि मानसीक तथा मनोवैज्ञानिकरुपमा नै के गर्ने भनेर रनभुल्लमा पर्छन । उनी खान वा सुत्न सक्दैनन् । उनी अक्सर रिङ्गटा लागेको महशुस गर्छन, कहिले काँही त केही विकल्प नदेखेपछि उनी आफै रुन्छन ।

ली को यो विक्षिप्तता चीनको सञ्चार माध्यमले अगाडी सारेको छवि भन्दा धेरै विपरित छ । सञ्चार माध्यममा आएका ती लेखहरु तथा प्रसारणहरुले महामारीलाई रोक्न सरकारको गुणगान गाएका छन् । यस्तो खुसीले विजेता महशुस गरेको सयममा ली आफ्ना कुराहरु आफू वरीपरिकाहरुका वीचमा राख्न ज्यादै डर महशुस गरेका छन् वा भनौ अनिच्छुक देखिन्छन् । उनी अहिले फरक मानिस भएका छन् जसले ‘जीवन सहजै टुक्रिने कति कमजोर’ रहेछ भनेर बुझेको छ ।

मैले ली (गोपनीयताको सुरक्षा गर्नुपर्ने भएकाले नाम परिवर्तन गरिएकोे) लाई जनवरी २३ मा अनलाईनमा भेटे, जुनदिन वुहान सहरलाई लकडाउन गरिएको थियो । म टेक्सासको हुँ । मैले र मेरा साथीहरु सँग मिलेर वुहान र त्यसको वरिपरिका अस्पतालहरुलाई मास्क र पर्सनल प्रोटेक्टीभ इक्विपमेण्ट (पिपिइ) प्रदान गर्नका लागि ‘विच्याट’मा एउटा समूह बनाएको थिए । अहिले कोभिड–१९ विश्व माहामारीका रुपमा फैलिसकेको छ । संसारले यो बुझन् जरुरी छ की वुहानका डक्टरहरु र नर्सहरु (धेरै जसोलाई म साथीहरु भन्छु) ले के अनुभव गरेका छन् र गर्दैछन् भनेर । यहाँ सँम्म आइपुग्दा चीनले कोरोना भाइरस माथी ‘विजय’ प्राप्त गर्दा ठूलो मात्रामा मानवीय क्षति व्यहोरेको छ ।

कोभिड वार्ड
शुरुका दिनहरुमा ली सँगको मेरो कुराकानीहरु अव्यक्तिगत र उनको अस्पतालमा पिपिइ लगाएतका स्वास्थ्य सामाग्रीहरु पुर्याउन सँग मात्र थियो । तर, जनवरी २७ को राती उनले एक्कासी हाम्रो विच्याट समूहमा एउटा सन्देश पठाए । सन्देशमा उनी आफनो पीडाहरु अभिव्यक्त गर्न चाहन्थे । म अझै पनि अनलाइनमा नै थिए । अनि, म उनले वुहानको अवस्था स्पष्ट सँग ह्दयविदारक ढंगले वर्णन गरेको सुनीरहे ।

त्यो विहान, संक्रमणरहित हुनका लागि धेरै चरणहरु पार गरिसकेपछि, ली आफ्नो अस्पतालको ‘कन्टामिनेशन जोन’मा प्रवेश गरेका थिए, जहाँ उनी एक्कासी भँुईमा पल्टिीएको एउटा मानिस सँग जम्काभेट हुन पुगे, जो मास्क लगाएको र सिरकले बेरिएको थियो । जसको अनुहार पहेलो–हरियो भईसकेको थियो । दुईकदम अगाडी अर्को मान्छे पल्टिीएको थियो जो गम्भिर विरामी हुनुका साथै स्वास फेर्न गाह्रो मानिरहेको थियो । उनको छेवैमा उभिएको एउटा जवान मान्छे फोनमा सहयोगका लागि विलाप गरिरहेको थियो । र अरु धेरै विरामीहरु अस्पतालको वरण्डामा स्वास फेर्नका लागि संघर्ष गरिरहेका थिए । चारैतीर विरामीहरु र परिवारका सदस्यहरु उभिएका वा भुँईमा पल्टिएका थिए । ली का अनुसार उनीहरुको अनुहारमा कुनै रौनक थिएन, मानै उनीहरु यसमा अभ्यस्त छन्, कम्तीमा पनि आफ्नो दुःखको राजीनामा दिईसकेका जस्तो ।

भुँई फोहर, रगत, वान्ता र खकारले भरिएको थियो । अस्पतालका कर्मचारीहरुको तुलनामा विरामीहरुको सँख्यामा वृद्वि भएको थियो । भर्नाहुन र दर्ता गर्नका लागि विरामीका आफन्तहरु नर्सहरुको वरिपरी घुँडा टेकेर सहयोगको भिख मागि रहेका थिए । थप विरामी सहित अक्सर एम्बुलेन्सहरु आउन थालेका थिए । वाहिर हेर्दा ली ले कहिल्यै नटुङ्गिने खालको मानिसहरुको लामो लाइन अस्पतालको ढोकामा देखे, कति त उभिन न सकेर भित्ताको साहारा लिईरहेका थिए ।

ली ले मलाई भने लकडाउनका शुरुका दिनहरुमा हजारौको संख्यामा मानिसहरु अस्पताल आईरहेका थिए । मानिसहरु चार, पाँच घण्टा भित्र पस्नका लागि (हस्ताक्षर गर्न) मात्र लाइनमा बसेका हुन्थे अनि थप चार, पाँच घण्टा औषधी लिनका लागि वा अस्पतालमा भर्नाहुनका लागि जहाँ सयौ मानिसहरु वेडको प्रतिक्षामा हुन्थे । केहि मानसिहरु प्रतिक्षा गर्दै गर्दा मरे, केहि मृत्युको नजिक थिए । अस्पतालका सबै कोठाहरु भरिएर पनि वरण्डा र डक्टरहरुको लाउन्ज पनि थप वेडहरुले भरिएका थिए । यी सबै भरिएका थिए, र खालीहुने संकेत थिएन किनभने कोही पनि निको हुने छाँट थिएन ।

ली भन्छन् त्यहाँ जनशक्तिको कमि, सीमित उपचार र पिपिइ को अभाव छ । उनी किन ती मानिसहरुलाई सहयोग गर्न सकिएको छैन भन्ने कुराको वर्णन गर्न प्रयास गर्दै थिए । उनी बारम्बार भनि रहेका थिए “म आफ्नो तर्फको सक्दो प्रयास गर्दैछु ।” म के नै गर्न सक्थे र ? उनी फर्केर काम गर्न नजाउन्जेल सम्म म कुरा गरेर बसी रहे ।

पिडाका दिनहरु
दुईदिन पछि, जनवरी २९ मा, ली ले मलाई रिसको झोकमा फाने गरे । डिउटीमा हुँदा नै लिको एकजना साथीलाई मरेका विरामीका आफन्तहरुले मास्क नै च्यातेर ‘यदि हामी विरामी हुन्छौ भने हामी सँगै विरामी हुन्छौ’ ‘यदि हामी मर्नुछ भने सँगै मर्ने छौ ।’ भन्दै चिच्याएका थिए । (जुनकुरा पछि चीनको एउटा समाचार भन्ने निकाय क्याक्सीनले आफ्नो रिपोर्टमा भनेको थियो ।) ली रिसाएका थिए, विच्याट गु्रपमा उनका सन्देशहरु विश्मयाधिवोधकले भरिएका थिए । तर उनी पनि थकित थिए । अब थप केही गर्न नसक्ने कुरा हामीलाई भनेका थिए । “लामो समय देखि मनोवैज्ञानिकरुपमा म पनि संक्रमित हुन्छु भनेर तयार छु ।” पिपिइको अभाव देखाउँदे उनले मलाई भने । तर उनी भने मानसिक रुपमा नै पिडामा छटपटाई रहेकाहरुलाई नजरअन्दाज गर्न तयार थिएनन् । उनले आफ्ना सहकर्मी डाक्टरहरु पिटिइएको र अस्पतालको लविमा घिर्सादै लगिएको कुराको साक्षि भएका थिए । उनी डराएका थिए यस्तै खालको व्यवहार आफूले पनि अनुभव नगरुञ्जेल सम्म ।

ली का सन्देशहरुले लगातार विग्रदै गएको दृश्यको चित्रण गर्दथ्यो । धेरै भन्दा धेरै मानिसहरु मरिरहेका थिए । पिपिइको यति अभाव भएको थियो कि कुनै समय अस्पतालका कर्मचारीहरु मरेका लाशहरु लिन वार्ड भित्र जान डराउथे । ली लाशहरुको नजिकै बसेर, आफ्नो ध्यान अनयत्र मोडन जो जिवित छन् उनीहरुको लागि यन्त्रवतरुपमा प्रेसक्रिप्सन लेखि रहेका हुन्थे । यो एउटा जिउँदो नर्कको अवस्था थियो ।

लकडाउनका सुरुवाती दिनहरुमा स्थानीय मुर्दा घरहरुमा अस्पतालबाट लाशहरु ल्याउनका लागि भ्यानहरुको प्रयोग गरिएको थियो । तर छिट्टै त्यसका लागि मालसामान ओसार्ने ट्रकहरुको आवश्यक्ता भयो । एक दिन ली ले अस्पतालमा कामगर्नेहरुले लाशहरुलाई व्यागमा राख्दै ट्रकमा फालेको देखे उनले सात, आठवटा त आफैले नै गने । त्यो दृश्य उनको मानसपटलबाट हट्दै हटेन । जब उनी जेन तेन गरी निदाउँथे, अनि डरलाग्दा सपनाहरु देख्थे । उनी यसबाट पार नपाउने कुरामा विश्वस्त थिए । जब राज्य नियन्त्रीत सञ्चार माध्यमहरुले स्वास्थ्यकर्मीहरुलाई हिरोको रुपमा चित्रण गर्दै थिए उनी भने आफ्नो समय र शक्ति कहिल्यै ठिक नहुने विरामीहरुका लागि समर्पित गर्दै थिए । “हामी विरलै रुपमा हिरो हौ ।”, उनले भने ।

ली ले निरन्तर सन्देशहरु पठाए । हाम्रो पहिलो लामो वार्तालाप पछि सातामा एकपटक म सँग फोनमा कुरा गर्दथे । “म मा विस्तारै सुधार हुदै छ ।” उनले मलाई मार्च ११ मा भने । उनी अहिले पनि निद्रा नलाग्ने रोगबाट पिडित छन् । र उनले वास्तवमा कस्तो अनुभव गरेका छन् भन्ने कुरा चीनमा रहेका साथीभाईहरुलाई भन्न चाहदैनन् ।
काम गर्ने ठाउँको अवस्थाले अर्को मनोबल खस्काउने काम गरेको छ । जब माहामारीले ठूलो दुःख दिइरहेको थियो, उनले भने केही अस्पतालका प्रशासकहरु आफ्नै कार्यालयमा खुम्चिएर बसेका थिए, अस्पतालको वार्डमा जान ज्यादै डराएका थिए । तर अहिले भने उनीहरुलाई नै कमान सुम्पीएको छ । बोनस पाउँने बेलामा हाकिमहरु नै अग्रपंक्तीमा छन् । “आर्थिक उद्योगमा काम गर्नु धेरै फाईदाको कुरा हो ।” उनी विलौना गर्दछन । के तिमीलाई लाग्छ कि म लाई अझै त्यो पेशामा काम गर्ने अवशर छ?

ट्रेन्चहरुमा
पेशा परिवर्तन गर्ने कुरामा विचार गर्ने ली आफूमात्र एक्ला छैन्न । अर्की ३० वर्षे नर्स जो वुहान चाङ्गहाङ्ग अस्पतालमा काम गर्छिन उनी आफैलाई प्रश्न सोध्छीन के म यो कामलाई निरन्तरता दिन्छु त? म उनलाई सुश्री वाङ्ग भन्दछु । जब महामारी फैलिन शुरु गरेको थियो, त्यती बेला उनी ज्वरो जाँच्ने क्लीनिकमा काम गर्थिन । उनी सम्झीन्छीन सुरु देखि नै पिपिइ मात्र नभई कफी जस्ता खानेकुराहरु लगाएत सबैको अभाव हुन थालेको थियो । थोरै खाना र पानीको साहारामा बाह्र घण्टाको एउटा सिफ्ट खटिनु पर्दथ्यो जुन साँझको ६ बजेदेखि विहानको ७ बजे सम्म चल्थ्यो । थकाई यति धेरै हुन्थ्यो की उनी आपूmले लगाएको प्रोटेक्टीभ ड्रेस समेत खोल्ने आँट गर्न सक्दैनथिइन । उनी भित्ताको साहारमा त्यसै निदाउथिन । जब सहर बन्द भयो तब वाङ्ग बसबाट आफ्नो काममा जान नसक्ने भएकोले मोटरसाइकलको प्रयोग गर्थिन । तर एकदिन विहान उनी पाँच बजे उठेकोले त्यो मोटरसाइकल पनि पाइनन् र त्यसको सट्टा हिडेरै अस्पताल पुगीन । जाँदै गर्दा बाटोमा उनी पहिले भन्दा निकै चिन्तित र निराश थिईन । उनले मलाई फोन गरेर के तिमी हामी जस्तो अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई यसबाट बच्ने कुनै उपाय छ ? भनेकी थिईन । वाङ्ग आशावादी र दयालु छिन तर उनले आफ्नो भावनालाई लुकाउन सक्दिनन् । कुनै विरामीको परिवारका सदस्यले सानो उपहारका रुपमा चिया र खाजा दिए भने पनि उनी खुसीले झुम्थीन । उनी आफ्नो मनको कुरा भन्छिन र कुनै अधिकारी सामु डराउँदिनन् । महामारीको सुरुवाती चरणमा, जब वुहान शहरका बासिन्दाहरु यो महामारीको पकडमा आउँदै थिए वाङ्गले ‘तामीफुल’ु नामक एण्टिभाइरल जो इन्फुलुन्जाको उपचारमा प्रयोग हुन्थ्यो, त्यसको प्रयोग विरामीहरु माथि गरेकी थिईन । यद्यपी, त्यसले कोभिड–१९ को विरुद्वमा काम गर्दछ कि नाई भन्ने कुनै वैज्ञानिक आधारहरु थिएन्न तर पनि त्यो विरामीको नातेदारहरु र साथीभाईहरुलाई दिन्थीन र बाहीर नजानु भन्ने सल्लाह पनि दिन्थीन ।

त्यसपछि जब चीनको राज्य परिषदुले हटलाइन सेवा सुचारु गर्यो तब लापारवाहीका कारण माहामारीका फैलिएको प्रतिवेदनहरु आए । वाङ्गले तुरुन्तै उनका अस्पतालका हाकीमहरुले स्टाफलाई संक्रमण भएको कुरा लुकाएको बारे बताईन । उनको सबै भन्दा मिल्ने साथी लाई कोभिड–१९ संक्रमणका कारण स्वासप्रश्वास र मुटुमा समस्या भएकोले जनवरी २३ मा सधन उपचार कक्षमा राखिएको थियो । वाङ्गको चिन्तालाई कम गर्नका लागि उनले आफू भेन्टीलेटर भित्रबाट मुस्कुराएको तस्वीर पठाएकी थिइन । तर त्यसको प्रभाव विपरित थियो । यो हेरीसके पछि वाङ्गले आफू झन डराएको र निरास भएको कुरा मलाई भनिन् । त्यसका बाबजुद पनि वाङ्ग काममा लागिरहिन, त्यसको दुईदिन पछि जनवरी २५ मा खोक्न शुरु गरिन । सन्देशमा उनले सीटि स्क्यान गर्दा फोक्सोको दायाँ तर्फ छाँया जस्तो पहिचान भएको कुरा लेखेकी थिइन । मैले उनलाई आराम गर्न सुझाव दिए । तर, उनले उनको अस्पतालमा काम गर्ने नर्सहरुको अभाव भएकोले आफू त्यसो नगर्ने बताईन ।

आफैलाई निको पार?
वाङ्गले अगाडी रहेर सेवा प्रवाहा गरेका उनका धेरै साथीहरु अस्पतालको लंजमा विक्षिप्त अवस्थामा रोएको देखिकी थिइन । उनले एउटा भिडियो पठाईन जसमा एकजना नर्स कुनामा रोइरहेको र जागीर छोडने कुरा भनिएको थियो । मैले वाङ्गलाई ती नर्सलाई के भयो भनेर सोध्दा उनले यस्ता कुरा सामान्य भएको कुरा बताईन । जब विरामीहरुले कल बटन थिच्थे तब नर्सहरु हतारमा वार्डतर्फ फर्केर जान्थे ।

जनवरी २७ मा वाङ्गलाई कोरोना भाइरस इन्फेक्सन भएको पत्ता लाग्यो । त्यो कुरा विल्कुलै सीटिस्क्यानमा आधारित थियो, यद्यपी कोरोना भाइरस हो भन्ने कुरा थाहा पाउँन त्यो बेलामा टेस्ट किटको प्रयोग गरिन्थ्यो । दुई हप्ता भित्र चीनमा औपचारीक रुपमा त्यस्ता घटनाहरु गन्ने कुरामा खुकुलो हुँदै गयो । उपचार भने के रोग लागेको हो भन्दा पनि लक्षणको आधारमा हुन थाल्यो ।

वाङ्ग र उनका साथीहरु जो संक्रमित थिए उनीहरुलाई घरमै एक्लै बस्नका लागि भनियो । जनवरीको अन्त सम्ममा उनका सयौ साथीहरु कोही घरमै क्यारेन्टाइनमा राखिएको थियो भने कोहीलाई अस्पतालमा भर्ना गरिएको थियो । उनी र उनको श्रीमान्का लागि एउटै अपार्टमेन्टमा छुट्टै विस्ताराहरु लगाईएको थियो । हप्तौ सम्म वाङ्ग आफू र आफ्ना प्रियजनहरु र छोराका लागि डरमा बाँचिरहीन उनले आफ्नो चार वर्षे छोरालाई आफन्त काँहा पठायकि थिईन ।

वाङ्गका एकजना सुपरिवेक्षकले उनी आफू संक्रमित भएको कुरा कसैलाई नभन्न भने । यदि कसैले सोध्यो भने पनि त्यो दर्दनाक अस्थालाई पन्छयाउनका लागि ‘नाई’ भन्नु भनेका थिए । त्यति बेला सम्म धेरै अस्पतालहरु र मुख्य सञ्चार माध्यमले महामारीका बारेमा कसैलाई नभन्न आदेश पाएका थिए । जनवरी २७ मा वाङ्गले स्वास्थ्यकर्मीहरुलाई अरुको अगाडी शान्त हुन र अस्पतालमा काम नगर्नेहरु एकठाउँमा हुनु पर्ने आदेश पाएको कुरा मलाई सुनाईन ।

वाङ्ग घरमा क्यारेन्टाईनमा भएको बेला आफूलाई अनलाइनमा केही सहायोग गर्न इच्छुक सँस्थाहरुसँग आफनो अस्पतालका लागि पिपिइ पुर्याउने कुरामा सम्पर्क गर्दै आफुलाई व्यस्त राखिन । फेबु्रअरी २७ मा जब उनमा देखिएका लक्षणहरु तीव्रगतिमा घट्दै गए, प्रावधान अनुरुप उनलाई २७ घण्टा छुट्टै राखी परीक्षण गरिएको थियो । जब उनीमा नेगेटिभ देखियो तब उनी तत्काल काममा फर्किन । त्यतिबेला उनी साँच्चै डराएको कुरा उनले मलाई भनिन् । थाहा छैन फेरि म यो काम गर्न सक्छु की नाई थाहाछैन किनकी मेरो एउटा छोरा छ । अहिले मलाई सुरक्षती काम गर्नु पर्दछ भन्ने कुराको महशुस भएको छ ।

मार्च महिनामा, चीनका प्राविधिक कम्पनीहरुले अस्पतालमा काम गरेका कारण संक्रमीत स्वस्थ्यकर्मीहरुलाई दशहजार यूआन दिने घोषण गरेका थिए । अझै, वाङ्गलाई कोभिड–१९ का कारण संक्रमण भएको कुराको पुष्टि भएको थिएन । अनि उनी आफू त्यो क्षतीपूर्तिको हकदार नभएको कुराको सहजै अनुमान गरेकी थिईन । तर उनले मलाई आफू सरकारको कुनै पनि क्षतिपूर्ति लिने कुरामा रुचि नभएको भनिन् । त्यो भन्दा उनी के कारणले सरकार र अस्पतालका अधिकारीहरुले महामारीलाई ढाकछोप गरेका थिए भन्नेकुराको पोष्टमार्टम प्रतिवेदन चाहन्छीन ।

नसकिएको महामारी
कोभिड–१९ संकटको अन्तिम विवरण मेरा लामो समय देखिका मित्र जसलाई म जीङ्ग भन्दछु उनी बाट आएको छ । वुहान नजिकैको सियान सहरमा एनिस्थीयोलोजीस्टका रुपमा काम गर्ने उनी कहिले महामारीको समयमा अग्रपंक्तिमा भएर काम गर्ने कुराको कल्पना पनि गर्न सक्दिनथिइन । तर, फेब्रुअरीको अन्तिम सम्म उनी सँग काम नगर्ने कुराको कुनै विकल्प नै थिएन । पहिलो चरणका स्वास्थ्यकर्मीहरुले शारिरीक र मानसीक रुपमा हदै सम्म काम गरिसकेका थिए । त्यसका बाबजुद विरामी भर्ना हुने दर भने निरन्तर रुपमा उकालो लागेको थियो ।

जीङ्गको अस्पतालले कोरोना भाइरसका विरामीहरुलाई फिल्डमा कसरी उपचार गर्ने भन्ने कुराको तालिम कार्यक्रम नै शुरु गरेको थियो । त्यो अव्यवस्थित तालिम पछि जीङ्गलाई ट्रेन्चमा पठाईयो । जब मैले उनी सँग फेब्रुअरी २२ मा कुरा गरे तब उनले कोभिड–१९ का नयाँ विरामीहरु एम्बुलेन्समा आउने गरेको देखेको कुरा स्वीकारीन । स्वास्थ्यकर्मीको रुपमा मानिसहरुलाई सहयोग गर्नु उनको काम थियो । त्यो पहिलो दिन अस्पतालमा काम सके पछि उनी लामो समय सम्म जोर–जोरले रोएकी थिइन ।

अप्रिलको शुरुवातमा चीनमा महामारी रोकीने छाँट देखिएको थियो । तर पनि जीङ्ग ती प्रतिस्थापन गरिएका मापदण्डहरु ज्यादै न्यूनस्तरको भएको कुरामा चिन्तीत छिन । उनी यस्तै खाले परिक्षणहरु जेल तथा नर्सिङ्ग होममा पर्याप्त रुपमा गरिएको कुरामा विश्वस्त छैनीन । जसरी कोरोना भाइरस विश्वव्यापीरुपमा फैलिएको छ यसले बाहीर बाट नयाँ खालको केस आउन सक्ने कुरामा चिन्तित देखिन्छन ।

जब मार्च ८ मा जीङ्गले मनाई भनिन् की उनीहरु यसरी विजयको अभिनय गरिरहेका छन् मानौ युद्व जितेका हुन । तर आफूहरु देशै भरिका मानिसहरु, स्वस्थ्यकर्मी, बाहिर बस्दै आएका चिनीयाहरु, नागरिक समाज जो सहययोगका लागि हुबेइ आएका थिए उनी सबैलाई धन्यवाद भन्छिन् । तर, उनी नेताहरु र सरकारका अधिकारीहरुलाई भने धन्यवाद दिदैनिन् किनकी महामारी अझै सकिएको छैन तर उनीहरु भने पुरस्कार कुम्लायउन हतार गरिरहेका छन् ।

यो माहामारीको समयमा वुहानमा के नराम्रा कुराहरु भएका थिए भन्ने कुरा सबैले थाहा पाउन भन्ने चाहन्छु । मानिसहरु सोसल डिस्टेन्स कायम नगरेको कुराले धेरै रिस उठ्छ । चीन बाहिर सबैले माहामारीलाई रोक्नका लागि स्वास्थ्यकर्मीहरुको कस्तो भूमिका थियो भन्ने कुरा बुझन जरुरी छ ।

खाँटीकुरा भन्नु पर्दा सबैले यो पहिचान गर्न जरुरी छ की कोभिड–१९ विरुद्वको अभियान सकिएको छैन । आउँदो लामो समय सम्म हामी यसको छायाँमा बाँचीरहेका हुनेछौ । जबकी चीनमा घटनाहरु कम हुँदै गएका छन तर पनि मृत्युको भय र यसले छाडेका दागहरु सधै रहनेछन् । विशेषगरी, डक्टरहरु, नर्सहरु र अन्य अस्पतालका कर्मचारीहरु आफूले संघर्ष गरेको अनुभव भने रहिरहने छ । यी घाउहरु छिट्टै निको भेन हुने छैनन् ।

(अप्रिल ३ मा प्रोजेक्ट सिण्डीकेटमा प्रकाशित यस लेखको अनुवादः प्रसान्त कुमार वि.क.ले गरेका हुन ।)

1 thought on “वुहानसँग साक्षात्कार”

Comments are closed.