धर्म

प्रकाश सायमी

समयको
एउटा तस्बिर हुँ
कोही ढोग्छन्
र पुज्छन्
कोहि कुल्चेर
हिंडछन् ।

सत्यका
एक रुप हुँ
कोही स्विकार्छन्
कोही स्विर्कादैनन् ।

कोही बाच्न पनि
कोही मर्न पनि
मात्र मेरो

स्पर्श खोनिरहन्छन् ।