के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ?

चैत १८, एजेन्सी – कोरोना भाइरसको संक्रमण यतिबेला बिश्वभरि फैलिरहेको छ । ब्यक्ति संगको निकटताले यो रोग सर्ने तथ्य सार्वजनिक भएपछि यो रोगबाट बच्न एकआपसमा दुरी बढाउन थालिएको छ । संक्रमित ब्यक्तिको आसपासमा रहेका ब्यक्तिहरुले यो कारणले रोग सर्ने क्रम छिटो देखिए पनि यौन सम्पर्कका कारण यो रोग सर्छ कि सर्दैन भन्ने बिषय भने धेरैको जिज्ञासा हुन सक्दछ ।

यो प्रश्नलाई प्रष्ट पार्न बीबीसी रेडिओ वनकी पूर्वप्रस्तोता एलिक्स फक्सले चिकित्सक डा. एलेक्स जर्जलाई प्रश्न गरेकी छन् । यस्तो छ उनिहरु बिचको सम्बाद

के कोरोनाभाइरस महामारीको समयमा यौन सम्पर्क सुरक्षित राख्नु सुरक्षित हुन्छ?
यदि तपाईँ सम्बन्धमा हुनुहुन्छ र त्यो मानिससँगै बस्नुहुन्छ र एउटै वातावरणमा रहनुहुन्छ भने तपाईँले यौन व्यवहारमा परिवर्तन गर्नुपर्दैन। तर यदि तपाईँहरूमध्ये एक जनामा कोरोनाभाइरसको लक्षण देखिएको छ भने तपाईँले घरमै पनि एकान्तवासमा बस्नुपर्छ। सबैभन्दा राम्रो त घरभित्रै पनि सबै जना एकअर्काबाट दुई मिटरको दूरीमा बस्नुपर्छ तर त्यो सधैँ सम्भव नहुन सक्छ । आफूलाई लक्षण देखिँदा आफ्नो सहवासीलाई पनि देखिन्छ भनेर सोच्नु हुँदैन। यदि तपाईँलाई लक्षण देखिएको छ भने टाढा रहनु नै उचित हुन्छ।

नयाँ मानिससँग यौन सम्पर्क राख्नु हुन्छ?
म यो अवस्थामा नयाँ मानिससँग यौन सम्पर्क राख्ने सल्लाह दिन्नँ । किनभने त्यसो गर्दा कोरोनाभाइरस सर्न सक्ने सम्भावना हुन्छ । के नबिर्सिनुहोस् भने कोरोनाभाइरस भएका केही मानिसहरूमा लक्षण देखिएको हुँदैन। त्यसैले तपाईँ एकदमै ठिक देखिनुभएको छ भने पनि तपाईँबाट अरूमा चुम्बनबाट पनि भाइरस सर्न सक्छ।

पहिले मैले कन्डम प्रयोग गरेको थिइनँ। के अब गर्नुपर्ला?

यसको उत्तर तपाईँ किन पहिले कन्डम लगाउनु हुन्नथ्यो भन्ने कुरामा निर्भर हुन्छ। यदि तपाईँहरू दुवै जनालाई कुनै यौन रोग नभएको वा गर्भाधान नहोस् बनेर अन्य उपाय अवलम्बन गरिएकाले कन्डम प्रयोग नगरेको भए केही फरक पर्दैन। तर यदि तपाईँ अन्य प्राकृतिक उपाय – जस्तो वीर्य स्खलन गर्ने वा एकअर्कालाई यौन रोग छैन भन्ने विश्वासमा कन्डम नलगाउनुभएको हो भने अब कन्डम लगाउनु नै उचित होला।

के यौनाङ्ग छोएका कारण कोरोनाभाइरस सर्छ?

डा. एलेक्स जर्जस् यदि तपाईँ एकअर्काको यौनाङ्ग छुनुहुन्छ भने त्यो समयमा तपाईँहरूले चुम्बन गर्ने सम्भावना ज्यादा हुन्छ र हामीलाई थाहा छ भाइरस थुकबाट सर्छ।  मुखबाट हातमा, हातबाट यौनाङ्गमा, यौनाङ्गबाट हातमा र त्यसपछि हातबाट नाकमुखमा भाइरस सर्न सक्छ। अहिलेको अवस्थामा भाइरस सर्न सक्ने सबै खाले कुराहरू नगर्नु नै उचित हुन्छ। त्यसैले तपाईँसँगै नबसेका साथीसँग यो पनि नगर्नु नै उचित हुन्छ।