सार्थक सिकाइ सामग्री

डा. मीनाक्षी दाहाल

काठमाडौ –सामान्य अवस्थामा त बालबालिकालाई विशेष हेरविचार र वातावरण आवश्यक पर्दछ भने यो विषम र असहज परिस्थितिमा त अझ संयमित र संवेदनशील भएर बालबालिकासँग कार्य गर्नुपर्ने हुन्छ । यतिबेला बालबालिकासँग गर्ने खास निर्धारीत कामहरु पनि केही छैन, न त गृहकार्य, न त पढ्ने कुनै पाठ्यपुस्तक ।

विद्यालय बन्द भएको बेला बालबालिकालाई कहाँ राख्ने के गराउने भन्ने अन्योलको अवस्था रहेको छ । तसर्थ यस कुरालाई ध्यानमा राखी सार्थक शिक्षाले बालबालिकाले आफैं स्वस्पूmर्तरुपमा सिकाई क्रियकलापमा संलग्न रहन सकुन भनेर केही क्रियाकलापहरु तयार गरेको छ । यसबाट बालबालिकाहरु विद्यालय बन्द भएको बेलामा पनि सक्रियरुपमा सहभागि भई आफ्नो सिकाई क्रियाकलापलाई निरन्तर दिनेछन् ।

यि क्रियाकलापहरु ४ देखि ८ वर्षका बालबालिकालाई ध्यानमा राखेर तयार गरिएको छ । अभिभावकहरुले यसलाई प्रिन्ट गरेर बालबालिकालाई दिन सक्नु हुनेछ । बालबालिकाले यो काम गरिरहँदा आपूm पनि सँगै बसेर साथ दिनु भएमाा उनीहरुलाई हौसला र मद्धत पुग्नेछ । यसको लागि प्रत्येक दिन १० देखि १५ मीनट समय छुट्टाउन सक्नुहुनेछ । विस्तृत जानकारीका लागि लिंक हेर्नुहोला ।

To promote self learning in children at home, we are developing handouts under Sarthak Self Learning Initiative…

Posted by Sarthak Shiksha on Monday, March 23, 2020

लेखक सार्थक शिक्षाका अध्यक्ष हुन ।