कोरोना भाइरस — होम क्वारेन्टाइनमै छठ पर्व

 

—गोपालप्रसाद बराल

चैत्र १७, काठमाडौ -मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती बासन्ती छठ पर्वका सबै विधि यसपाली महोत्तरीमा घरघरमै सम्पन्न गरिँदै छ ।
पर्वमा आज सोमबार नदी वा पवित्र जलाशयमा पुगेर अस्ताउँदा सूर्यलाई अघ्र्य दिने विधि घरघरै गरिने तयारी देखिएको हो । पर्वको मुख्य दिन आज निराहार ब्रत बसेर साँझ अस्ताउँदा सूर्यलाई अघ्र्य दिने विधि ‘सझुका–अरख’ सम्पन्न गरिने तयारी छ ।

पर्वकै बेला संसारभरि नै कोभिड–१९ ९कोरोना भाइरस० को सन्त्रास छाएको हुँदा सरकारले यसको सङ्क्रमण बढ्न नदिन ‘लक डाउन’ जारी गरेको बेला पर्वका विधि क्वारेन्टाइनमा रहँदै घरघरै सम्पन्न गर्न लागिएको हो । सूर्यदेबको उपासना गरिने यो पर्व उमङ्ग र उल्लासमय वातावरणमा मनाइने परम्परा रहँदै आएपनि यसपाली कोभिड–१९ को सङ्क्रमण बढ्न नदिन क्वारेन्टाइनभित्रै घरकै धारामा स्नान र अघ्र्य दिइने ब्रतालुले बताएका छन् । छठमा पवित्र जलाशयमा घाट सजाउने मैथिल परम्परा यसपाली ‘लक डाउन’ले नहुने भएको हो ।

आज अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर भोलि सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न गरिने छ । यसअघि पर्वको पहिलो दिन गत शनिबार ‘नहाय–खाय’, दोश्रो दिन आइतबार दिनभरि उपवास बसेर राती सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि ब्रतालुले सम्पन्न गरिसकेका छन् ।

शरद र बसन्त ऋतुमा गरि वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र बसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।

छठ पर्वमा ठकुवा, भुसुवा कसार सहितका मिष्टान्न परिकारसहित पाकेका केराको घरि र अन्य फलपूmल तथा दहीसहितका सामग्री ब्रतालुले अघ्र्यका बेला सूर्यतर्फ देखाउने गर्छन् । चैती छठजस्तै चैत शुक्ल प्रतिपदासँगै शुरु भएको बासन्ती नवरात्र चैते दशैं पनि यसपाली सुनसान देखिएको छ ।रासस