कोभिड–१९ – प्रहरी आफैले मास्क उत्पादन गरी वितरण

चैत ९ सप्तरी – नेपाल प्रहरीले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै माक्स उत्पादन गरी वितरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालबाट तयार गरिएको माक्स शनिबार हिरासतमा रहेका सम्पूर्ण थुनुवालाई वितरण गरिएको हो । सो भाइरसको जोखिमबाट बच्नका लागि आफ्नै कार्यालयभित्र मास्क तयार गरेर वितरण गरेको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

गत शुक्रबार जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय र चौकीमा कार्यरत सम्पूर्ण प्रहरीलाई माक्स वितरण गरिएको थियो । प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरधामबाट निर्दे्शित नमूनाबमोजिमको ढाँचामा माक्स तयार गरी वितरण गरिएको उनले भने ।

कार्यालयमा सेवा लिन जाने सेवाग्राहीलाई अनिवार्य मास्क लगाउन र साबुनपानीले हात धोएर मात्र प्रवेश गराउन प्रहरी कार्यालयको ढोका अगाडि साबुन र पानी राखिएको छ