मिना कुमारी गुरुङ प्रदेश बिकास परिषद सदस्यमा मनोनित

 

फागुन ३०, काठमाडौं–मिना कुमारी गुरुङ प्रदेश बिकास परिषद्को सदस्यमा मनोनित भएकी छन् । फागुन २८ गते बसेको गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निर्णय अनुसार गुरुङ सदस्यमा मनोनीत भएकी हुन् । उनी नेकपा गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य पनि हुन ।