मेलिना राईको स्वरमा ‘पूर्वदेखि पश्चिमसम्म – भिडियोे

फागुन २५, काठमाडौं  – गायिका मेलिना राईको स्वरमा ‘पूर्वदेखि पश्चिमसम्म गीत सार्वजनिक भएको छ। हिराकाजी थापाको शब्द, रोशन गुरुङको संगीत र नोर्बु लामाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

कृष्ण रसालकोे निर्देशन र टेक छिरिङ लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा रेशम फिरिरि, सृष्टि खड्का, करण बराल, सुभाष गजुरेल, ज्ञानेन्द्र खड्का, आरजे सापकोटालगायतका कलाकारलाई फिचरिङ गरिएको छ।

‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीतको राम्रो भिडियो लिएर स्रोतारदर्शकमाझ आएका छौं, हाम्रा अघिल्ला भिडियो जस्तै यो भिडियोले पनि स्रोतारदर्शकको मन जित्नेमा आशावादी रहेका छौं,’ निर्देशक कृष्णले भने।