अर्थमन्त्री खतिवडाले दिए राजीनामा

फागुन २०, काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। राष्ट्रियसभा सदस्यको पदावधि मंगलबार सकिनुअघि उनले पदबाट राजीनामा दिएका हुन्।

संसद नरहेको व्यक्ति मन्त्री हुन पाउँदैन तर राजीनामा पछि भने ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ।सोही व्यवस्थाअनुसार उनी पुनस् मन्त्री बन्न लागेका हुन्।राजीनामा लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्ने छन्।

राष्ट्रियसभा सदस्य मध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि मंगलबार मध्यराती सकिँदैछ।गोलाप्रथाबाट दुई वर्षे कार्यकाल पाएका अर्थमन्त्री खतिवडाले राजीनामा दिएका हुन्।खतिवडा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर हुन्।