किन झर्छ कपाल ?

फागुन २०, काठमाडौं – कतिपयको कपाल वंशानुगत गुणका कारण झर्छ ।

धेरैजसो मानिसको कपाल तनाव र स्ट्रेसका कारण झर्ने गरेको हुन्छ ।

भिटामिन ए, बी, सी, डी, ई, बी कम्प्लेक्स, आयोडिन, म्याग्नेसियम, कपर, आइरन, फस्फोरस, सिलिकन र पोटासियमको कमी हुँदा पनि कपालमा असर पुग्छ ।

कतिपयले अत्यधिक मात्रामा कपाल हाइलाइट र कलरिङ गरिरहेका हुन्छन् । यसो गर्दा पनि कपालमा समस्या उत्पन्न हुन्छ र झर्न सुरु गर्छ ।

सुक्खा बनाउन प्रयोग गरिने हेयरड्रायर र अन्य उपकरणको प्रयोगले पनि कपाललाई कमजोर बनाउँछ ।

फंगल इन्फेक्सनका कारण पनि कपाल झर्न थाल्छ । जाडो या गर्मी दुवै मौसममा फंगल इन्फेक्सन हुन सक्छ ।

गर्भावस्था, प्रसव र युवा अवस्थामा मानिसको हर्मोनमा परिवर्तन आउन सक्छ । हर्मोन परिवर्तनका कारण पनि कपाल झर्ने गर्छ ।

निन्द्रा नपुग्नु कपाल झर्नुको अर्को कारण हो । निद्रा पूरा नहुँदा इनसोमनिया र नसुन्नेजस्ता रोग लाग्न सक्छ, जसको सीधा असर कपालसम्म पुग्छ ।