अटो पल्टिदा चालक खवासको मृत्यु

फाल्गुन १६, काठमाडौ- सुनसरीको रामधुनी नगरपालिका १ सैनीमैनीमा अटो टेम्पो पल्टदा चालकको मृत्यु भएको छ ।

बिहिवार राती सैनीमैनी स्थित भित्री सडक खण्डमा को २ ह ६२६३ नम्बरको टेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा चालक नन्दराज खवासको मृत्यु भएको हो ।

ईनरुवा नगरपालिका ७ का ३५ बर्षीय खवासलाई उपचारको लागि ईटहरीको ऐपेक्स अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।