नायिका महिमा सिलवालको सवारी दुर्घटनामा मृत्यु

फागुन, १ काठमाडौं । बसको ठक्करबाट नायिका तथा मोडल महिमा सिलवाल र उनकी बहिनी शर्मीला सिलवालको मृत्यु भएको छ । बुधबार बेलुका धादिङमा विपरीत दिशाबाट आएको बसको ठक्करले स्कुटरमा रहेका दिदी बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धादिङका एसएसपी प्रकाश रानाभाटले दिएको जानकारीअनुसार बा ९७ प ७०५८ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको लु २ ख १३५ नम्बरको बसले ठक्कर दिएको थियो ।
मोडलसमेत रहेकी महिमाको घटनास्थलमा नै र उनकी बहिनीको उपचारका क्रममा मृत्यु भएको बताईएको छ ।

सिलवाल दिदीबहिनी बुधबार काठमाडौंबाट चितवन जाँदै गरेको प्रहरीले जानकारी गराएको छ । मिसन २४, दानव, जिग्लोलगायतका फिल्म खेलिसकेकी महिमाले विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।