कोरोनाबाट चीनमा मृत्यु हुनेको सङख्या एक हजार नाघ्यो

माघ २८, काठमाडौं – गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएपछि चीनको मुख्य भूमिमै १०१३ जनाको मृत्यु भइसकेको छ । सोमबार प्राप्त एक समाचार अनुसार यस भाइरसबाट १०१३ व्यक्तिको मृत्यु भएको छ भने ४२ हजारभन्दा बढी मानिस सङ्क्रमित छन् ।

प्राप्त एक समाचार अनुसार यस भाइरसको सुरुवात भएको प्रमुख स्थानको रुपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट २ हजार ६१८ जना सङ्क्रमित भएका बताइएको छ । आइतबार एकै दिनमा ९१ तथा सोमबार १०३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएकका छन् ।

हुबेई प्रान्तका दुई हजार ६१८ जना सङ्क्रमितहरुमा १ हजार ९२१ जना हुबेइ प्रान्तको प्रान्तीय राजधानी अर्थात कोरोना भाइरसबाट अत्यन्त प्रभावित स्थान उहानमा मात्र रहेका छन् । आइतबार एकै दिनमा ज्यान गुमाउनेमा पनि ७३ जना उहानका नै रहेका जनाइएको छ ।

सङ्क्रमित रहेका मध्ये ५ हजार ५०५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।