कोरोना भाइरसको खोप बन्दै

माघ, २७ सिंगापुर । संयुक्तराज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरू चीनको कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले महत्वाकांक्षी, करोडौं डलरको अभियानका साथ खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन् ।

गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस दु्रत रूपमा फैलिएको छ, र चीनको मुख्य भूमिमै ८०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । भाइरसबाट ३७,००० भन्दा बढी मानिस संक्रमित छन् । दुई दर्जन अन्य देशमा कोरोना प्रभावित व्यक्ति भेटिएका छन् ।

कुनै पनि खोप बनाउन सामान्यतया वर्षौं लाग्छ, र पशुहरूमा परीक्षणको लामो प्रक्रियाका साथै मानवमा परीक्षण र नियामक स्वीकृति आवश्यक हुन्छ । तर, विशेषज्ञहरूका धेरै टोलीहरु छोटो प्रक्रियाबाट खोप निर्माण गर्ने दौडमा जुटेका छन्, जसलाई अन्र्तराष्ट्रिय वैज्ञानिकहरुको समर्थन प्रान्त हुने विश्वास छ । अष्ट्रेलियाली वैज्ञानिकहरू ६ महिनाभित्रमा कोरोना भाइरसको खोप तयार गर्ने आशामा छन् ।