यी कारणहरुले गर्दा मुख मैथुन तपाईको स्वास्थ्यको लागि साँच्चिकै हानीकारक हुन सक्छ ।

क्षितिजको पश्चिम कुनावाट

१२ वर्ष अगाडी सम्म महिलाहरुमा  मुखको क्यान्सर लगभग नसुनिएको बिषय थियो । त्यतिबेला क्यान्सरका बिरामी पुरुषहरु त्यसमाथि पनि ५० नाघेकाहरु अनि प्रायः कडा धुम्रपान अम्मली वा मधपान अम्मली हुन्थे । हलिवुड अभिनेता माईकल डगलसजब यसको शिकार भए त्यतिबेला मिडिया रिपोर्टहरुले लामो समयको “आधा-बट्टा-एकदिन” उनको धुम्रपान अम्मली बानीतर्फ संकेतगरेका थिए ।

तर जर्नल अफ अनकोलोजीको रिपोर्टका अनुसार एचपिभी सम्बद्ध ओराफरिन्जिअल क्यान्सरमा एक प्रमुख छलाँग देखा परेको छ, यो एक प्रकारको खतरनाक रोग हो जुन जिब्रो र टंगसिलको पिंधमा भेटिन्छ ।

वास्तवमा, बिश्व स्वास्थ्य संगठनका अनुसार हाल सबै मुखका क्यान्सरहरुको २०%   एचपिभी सम्बद्ध भेटिन्छ र त्यसको झण्डै २५%   केशहरु महिलाहरुमा भेटिन्छ र तिनमा १९ वर्षका अति जवान महिलाहरु समेत पर्छन, अनकोलिजिष्ट (अर्बुद रोग बिशेषज्ञ) डा. ग्रेगरीमास्टर्स भन्छन ।

तर कसरी एचपिभी Human Papilloma Virus ले त्यति धेरै मुख सम्वन्धी समस्या बनाउन सक्छ त ? यो तथ्य तर्फ डाक्टर र स्वास्थ्य बिशेषज्ञहरुको त लामो समयदेखि कै डर थियो, तर धन्यवाद चाँही हल्ला मच्चाउने गरी फैलिएको भाईरसलाई जान्छ ।

शायद तपाईले यो तथ्यांक पढ्नु वा सुन्नु भएको होला  हरेक ३५ जना दक्षिण अफ्रिकी महिलामा १ जनामा सर्भिकल क्यान्सर भेटिन्छ । जसको मुख्य कारक एचपिभी भाईरस हो । आँकलनका अनुसार झण्डै २१%  दक्षिण अफ्रीकी महिलाहरुमा कुनै पनि बेला सर्भिकल एचपिभी संक्रमण बिकसित हुन सक्छ । त्यो भन्दा पनि बढी, यो भाईरसको शुन्य लक्षण हुन सक्छ वा मुसा झैं देखिने मासुको डल्लो झैंदेखिने गरी झ्याँगिन पनि सक्छ र यसले ८०% महिलाहरुलाई असर गर्न सक्छ जो यौनमा सक्रिय छन ।
बहुमत केशहरुमा शरिरको रोग प्रतिरोधक क्षमताले नै शरिरको एचपिभी भाईरसलाई २ वर्ष्भित्र साफ गरिदिन्छ (अलिकति बहस यहाँ के त्यही एचपिभी संक्रमण पछि फर्केर गर्भाशयको क्यान्सरको कारक बन्न सक्छ ? अनुसन्धान अहिले प्रारम्भिक चरणमा नै छ) ।

तर पनि, केही संक्रमित दक्षिण अफ्रिकी महिलाहरु ( करिब ६,००० प्रतिवर्ष ( यसबाट सफा हुन सक्ने छैनन र गर्भाशयको क्यान्सरल ग्रसित हुन सक्ने छन । यसले गर्दा बिश्व स्वास्थ्य संगठनलाई १२ वर्षको उमेरमै केटीहरुलाई एचपिभी खोप दिनुपर्छ भन्ने सल्लाह दिन दबाब दियो ।

आजसम्म, सुरक्षित मैथुन अभियानले एचपिभीको संक्रमणका लागि असुरक्षित योनी मैथुन सम्वन्धलाई आरोप लगाउँछ । तर, अहिल आएर यो स्पष्ट भईसक्यो कि यो रोग मुख मैथुनबाट समेत संक्रमण हुन्छ भनेर । हजारौ महिलाहरुको मुख एचपिभी ( १६ द्धारा संक्रमित भएको थियो ( यही नै बहुसंख्यक डाक्टरहरुको बिश्वास अनुसार एचपिभी सम्वन्धित मुख क्यान्सरको कारक हो ।

एचपिभी क्यान्सरमा परिणत हुनुभन्दा पुर्व कति लामो समय सम्म मुखमा अल्झिरहन्छ भन्ने निश्चित त छैन । तर, प्रमाणहरुले देखाउँछ कि १४% केशहरु निकै अन्तिम अवस्था सम्म पनि संक्रमित भईसकेको थिएन । सम्भवत थुप्रै डाक्टरहरुले युवा महिलाहरुमा पनि मुखको क्यान्सर हुन्छ भनेर बिश्वास गर्न ढिला गरेको कारणले हुन सक्छ ।

एचपिभी सम्बद्ध मुख क्यान्सरले ती प्रचलित समुह जो मुख क्यान्सरको खतरामा रहने गर्छन, शायद थुप्रै एचपिभी सम्बद्ध प्रकृतिका क्यान्सरहरु या त छुटेका वा निकै ढिला पत्ता लागेका छन । प्रायजसो बिरामीहरु स्वस्थ्य, शारिरीक ब्यायम गर्छन,अनिनियमित खानपान पनि गर्छन । त्यसैले उनी पुरानो वा प्रचलित वा रुढीवादी मुख क्यान्सरको संरचनामा कतै फिट बस्दिनन ।

स्वस्थ्य कि अस्वस्थ ?

निश्चित रुपमा लिडिया माईनर (प्रतिनिधि महिला पात्र) प्रचलित संरचनामा फिट बस्दिनन । उनको खानपान स्वस्थ्यकर छ, दैनिक शारिरीक कामकाज पनि स्वस्थ्यकर छ, त्यसमाथि धुम्रपान र मधपान पनि निकै नै कम । तर उनलाई घाँटीमा अचम्मको अनुभुति हुन्थ्यो जस्तो कि कुनै ट्याबलेट पुरै ननिलिएर आधा अडके जस्तो ।

अथवा, उनी सोच्थिन यो शायद घाँटीभित्रको छाला खस्रिएर चिलाएको होला जब कुनैबेला लन्च पनि कपाकप एकै साँसमा भ्याउनु पर्ने परिस्थिति भएको जागीर गर्ने गर्थिन । मँलाई लाग्छ त्यो मेरो कल्पनाथियो”, उमेरले अहिले ४० पुगेकी लिडिया भन्छिन । तर, २ महिना पछि नै उनलाई थाहा भईसकेको थियो ।

उनको घाँटीको स्केन गरिएको थियो जसबाट केही चेतावनीमुलक तथ्य पत्ता लागेको थियो । डाक्टर उनको रिपोर्टमा घोरिए र उनीतिरफर्केर भने, मँलाई लाग्छ तिमीलाई घाँटीको क्यान्सर छ” लिडिया सम्झन्छिन । उनको घाँटीको त्यो सानो क्सान्सरको ट्युमर जोअनुसन्धानमा एचपिभी पोजिटिभ भेटिएको थियोस सर्जरीद्धारा निकालेर फालियो । लिडियालाई यो सबै अविश्वसनीय लागेको थियो ।झण्डै १ दशक सम्म त लिडियाले भाईरस भित्र छ भनेर सोचेकै पनि थिइनन ।

२० वर्षको उमेर सम्ममा लिडियाले थुप्रै पटक असामान्य पेप(स्मीअर टेस्टहरु गराई सकेकी थिइन र ३० को उमेर सम्ममा उनको टेष्टरिजल्ट सामान्य आएकोले उनले असामान्य कुराहरु झण्डै बिर्सिसकेकी थिइन । तर, एचपिभी छट्टु नहुने त कुरै भएन । यसले बिरामीलाई झुक्याउन सक्छ, वर्षोसम्म पत्ता नलाग्न सक्छ वा तपाईमा संक्रमित भएको छ भन्ने पनि अविश्वसनीय रुपमा पत्ता लाग्न गार्हो बनाउन सक्छ र न थाहा दिइकन सुटुक्क अन्यलाई सारिदिन पनि सक्छ ।

तपाईकै पार्टनरले तपाईलाई सारेको भनेर तोकेर भन्न पनि यसले अबिश्वनीय रुपमा गार्हो पार्छ (भनाईको अर्थ, कुनै यौन सम्वन्ध यदि तपाईको चरम युवास्थामा बितेको थियो, अथवा पुरानो कुनै प्रेमी तपाईको ३० वा ४० तिर पुन मौका खोज्दै आएको पनि हुन सक्छ) ।

हुनत ४० देखि ६० प्रतिशत युवाहरु जसमा कुनै पनि समयमा एचपिभी देखिएको थियो भने पनि १%  भन्दा कममा मात्र लक्षण दृष्टिगत हुनसक्छ । यो सम्पुर्ण आख्यानको अर्थ यो हो कि मुख मैथुनले तपाईलाई क्यान्सर लाग्न सक्ने भाईरस सार्न सक्छ, यौनजन्य रोगहरु जस्ता कि एचआईभी मात्र होइन

एचपिभी सम्बद्ध मुखको क्यान्सरका सिधा कारणहरु कुन प्रकारको मैथुन तपाई गर्नुहुन्छ, कति अवधिको अन्तरालमा गर्नुहुन्छ अनि कतिजनाहरुसंग गर्नुहुन्छ, संग सम्वन्धित हुन्छन ।

न्यु इग्ल्याण्ड जर्नल अफ मेडिसिनको अनुसन्धान अनुसार कुनै ब्यक्तिको छ जना वा त्यो भन्दा बढी मैथुन गर्ने साथी छन भने मुखको क्यान्सर हुने सम्भावना दुई गुणा बढेर जान्छ । यदि कसैको ६ भन्दा बढी मुख मैथुन गर्ने साथी छन भने उनीहरुको मुखको क्यान्सर हुने सम्भावना ३४% हुन्छ । डा. मास्टर्स का अनुसार एचपिभी सम्बद्ध ओराफरिन्जिअल क्यान्सर त्यही भएर यौनजन्य रुपमा हस्तान्तरण हुनेरोग मानिन्छ ।

थुप्रै केशहरुको अध्ययन पछि मैले के पाँए भन्दा धेरै युवापुस्ताका नवयुवक एवं नवयुवतीहरु मुख मैथुनलाई मैथुन नै नमान्दा रैछन । मुखमैथुनका पनि खतराहरु छन, डा. मास्टर्स भन्छन ।

यो धेरै एसटिआई (यौनजन्य सरुवा रोगहरु) को हकमा लागु हुने हुनाले एचपिभी सम्बद्ध मुखको क्यान्सरबाट जोगिने उत्तम उपाय सबैप्रकारको वा केही बिशेष प्रकारको मैथुनहरुबाट किनारा गर्ने जुन ब्यावहारिक रुपमा धेरैको लागि यथार्थपरक नहुन सक्ला ।

तपाईको यौन इतिहासबारेको इमान्दारीता र एचपिभी खोप लिइएको तथ्यहरु समेत बिचार गरिन्छ, भन्छन केपटाउन बिश्वबिधालयकाभाईरोलोजिष्ट डा. डि मराईस जो दक्षिण अफ्रिकी समुदायहरुमा मुखको माध्यमद्धारा एचपिभी सार्न भुमिका खेल्ने तत्वहरुको निर्क्यौल माथि अनुसन्धान गरिरहेछन ।

न्यु इग्ल्याण्ड जर्नल अफ मेडिसिनको अनुसन्धान अनुसार कुनै ब्यक्तिको छ जना वा त्यो भन्दा बढी मैथुन गर्ने साथी छन भने मुखकोक्यान्सर हुने सम्भावना दुई गुणा बढेर जान्छ । यदि कसैको ६ भन्दा बढी मुख मैथुन गर्ने साथी छन भने उनीहरुको मुखको क्यान्सर हुनेसम्भावना ३४% हुन्छ । डा. मास्टर्स का अनुसार एचपिभी सम्बद्ध ओराफरिन्जिअल क्यान्सर त्यही भएर यौनजन्य रुपमा हस्तान्तरण हुनेरोग मानिन्छ ।

थुप्रै केशहरुको अध्ययन पछि मैले के पाँए भन्दा धेरै युवापुस्ताका नवयुवक एवं नवयुवतीहरु मुख मैथुनलाई मैथुन नै नमान्दा रैछनस मुखमैथुनका पनि खतराहरु छन, डा. मास्टर्स भन्छन ।

यो धेरै एसटिआई (यौनजन्य सरुवा रोगहरु) को हकमा लागु हुने हुनाले एचपिभी सम्बद्ध मुखको क्यान्सरबाट जोगिने उत्तम उपाय सबैप्रकारको वा केही बिशेष प्रकारको मैथुनहरुबाट किनारा गर्ने जुन ब्यावहारिक रुपमा धेरैको लागि यथार्थपरक नहुन सक्ला ।

तपाईको यौन इतिहासबारेको इमान्दारीता र एचपिभी खोप लिइएको तथ्यहरु समेत बिचार गरिन्छ, भन्छन केपटाउन बिश्वबिधालयकाभाईरोलोजिष्ट डा. डि मराईस जो दक्षिण अफ्रिकी समुदायहरुमा मुखको माध्यमद्धारा एचपिभी सार्न भुमिका खेल्ने तत्वहरुको निर्क्यौल माथि अनुसन्धान गरिरहेछन ।

माईकल डग्लस एचपिभी टेष्टमा पोजिटिभ भेटिएका थिए तथापि उनको क्यान्सर र एसटीडी (यौंनजन्य सरुवा रोग) बीच बलियो सम्वन्धभेटिएन । एचपिभी सम्बद्ध मुख क्यान्सर लोग्नेमानिसहरुमा पनि बढ्दो छ ।

आशा लाग्दो समाचार

यदि समयमै पत्ता लागेमा यस प्रकारको क्यान्सरको उपचार सम्भव छ । मुखमा हुने अन्य प्रकारका क्यान्सहरुको तुलनामा मुखमा हुनेएचपिभी सम्बद्ध ओराफरिन्जिअल क्यान्सरको बाँच्ने सम्भावना निकै उच्च छ, बिशेषत धुम्रपान नगर्नेहरुमा । कारणहरुको सम्वन्धमा हामीत्यति निश्चित त छैनौ तर, एचपिभी सम्बद्ध क्यान्सर किमो र रेडिएसनमा राम्रो प्रगति गर्छन, डा. मास्टर्स भन्छन ।

बहुसंख्यक बिरामीहरु सन्चो भएका छन, यसकारणले होइन कि उनीहरु तुलनात्मक रुपमा जवान र उपचार सहन सक्ने प्रकृतिका थिए, यस कारणले कि क्यान्सरले धेरै सन्दर्भमा फरक फरक तरिकाले ब्यवहार गर्ने भएकोले ।

दक्षिण अफ्रिकामा यद्यपी मुख्य कारणहरुमा एचआईभी, मदिराको दुरुपयोग र धुम्रपान नै प्रमुख छन, तर मैले ती मानिस जो या तधुम्रपान गर्दैनन वा धुम्रपान दशकौं अगाडी छाडी सकेका छन, हरुमा पनि मुख क्यान्सरमा बृद्धि भएको पाएको छु ।

मलाई लाग्छ एचपिभीमुख क्यान्सरको हामीले सोचे भन्दा पनि सामान्य कारण हो । त्यसैले समयमै यसलाई पत्ता लगाउनु नै प्रमुख हो जसको अर्थ दृष्टि गोचर हुने लक्षण खोज्नु नै होस घाउ खटीरा हेर्ने वा मुखको तन्तुहरुको रंगहरुमा फरकपन छ कि प्रकृतिमा कुनै परिवर्तन छ कि ? यसको अर्थ तपाईको दन्त चिकित्सकलाई क्रमिक भेट्नु पनि हो, भन्छन डा. कार्लोस फर्नान्डिस, इए नटी सर्जन, डर्बन ।

हुनत सबै दन्त चिकित्सकहरु क्यान्सर स्क्रिनमा तालिम प्राप्त हुन्छन तर, सेवाको दौरान सबैले यो अभ्यास गर्दैनन तसर्थ उनीहरुलाई सोध्नुमहत्वपुर्ण हुन्छ । मुखका बिशेषज्ञहरु बिभिन्न जाँचद्धारा (जस्तो कि पखाल्ने पद्धतिद्धारा, डाइज पद्धतिद्धारा अथवा बिभिन्न किसिमकाबत्तिहरु प्रयोग गर्ने पद्धतिद्धारा) मुख क्यान्सरको ब्यापक स्क्रिन गर्न सक्छन र क्यान्सर उन्मुख लक्षणहरु तर्फ बिरामीलाई सचेत गराउन सक्छन ।

पेरिओडोन्टिस्ट डा. हवार्ड ग्लुकमेन भन्छन, मुखको क्यान्सरको राम्रो स्क्रिनिंगभित्र, टाउको, घाँटी र तल्लो बंगाराको जाँच पर्छ । साथै, लिम्फ नोड्स, कानको अगाडीको भाग (जहाँ ट्युमर बिकसित हुन सक्छन) र घाँटी पछाडीको भागको जाँच समेत पर्छ । अनि तपाईकोजिब्रोको हरेक कोणबाट पनि जाँच गरिनु पर्छ । वास्तवमा हामीले रंगको प्रकृतिमा हुने हल्का परिवर्तन खोजेका हुन्छौं । सेतो वा कालोघाउ खटीरा वा समानान्तर जुन दुख्छ र अल्सर गराउन सक्छ यदि १० दिनभित्रमा ठिक भएन भने त्यसको तुरुन्त अनुसन्धान गरिनुपर्छ ।सेतो प्रकारको घाउ खटीराले मुखमा दुखाई त दिन्न तर क्यान्सर उन्मुख हुन सक्छ, उनी सचेत गराउँछन ।

यथार्थमा, यस प्रकारको क्यान्सरका सम्वन्धमा सबैभन्दा ठुलो समस्या भनेको बिरामीहरुमा थुप्रै लक्षणहरु नदेखिनु हो, यदि तपाई देख्नुहुन्न, महशुस गर्नुहुन्न भने तपाईको दन्त चिकित्सकले पनि भेउ नपाउन सक्छ ।

आफ्नो दन्त चिकित्सकलाई, डाक्टरलाई होइन, भेट्नु एकदमै महत्वपुर्ण हुन्छ यदि तपाईको कुनै सरोकार छ भने । डा. ग्लुकमेन भन्छन, “तपाईको डाक्टरले सम्भवत एन्टीबायोटिक वा एन्टीफन्गल दिन सक्छ तर उ तपाईको मुखको रोगको जाँचको लागि प्रशिक्षित हुँदैन।तपाईको दन्च चिकित्सकको कोठामा रहेको त्यो ढल्किएको कुर्सी नै तपाईको पहिलो गन्तब्य हुनु पर्छ” ।

श्रोत –  वुमन हेल्थ म्यागाजिन, २०१८
प्रस्तोता  -अशोक कुमार गहतराज सुनार