समुन्द्रमाथिको रहर लाग्दो पर्यटकीय स्थल

आर्दश दास

काठमाडौ-दुई वर्ष अगाडि जेठ महिनाको कुरा हो । म एक धार्मिक कार्यक्रमका लागि थाईल्याण्ड गएको थिए । थाईल्याण्ड भ्रमणमा छँदा आईरल्याण्डका टापुको ठिक मुनि मुस्लिम समाजको वस्ती समुन्द्रमा देखे । फोटो खेचे । अनि यस वारे केही जान्ने इच्छा राखे । ईन्डोनेशियादेखि माछा मार्ने जाती आफ्नो व्यवसाय चलाउदै यहाँ सम्म आएको र पछि यहीका वासिन्दा बनेको जानकारबाट थाहा पाए ।

यो समुन्द्रको परिवेशमा रहेर आफ्नो जीवन यात्रालाई चलाउनेहरूको रहर लाग्दो जीवनले मेरो मन छोएको छ । उनीहरू ठूला व्यापारी भएर पर्यटन क्षेत्रलाई विस्तार गरेका छन् अहिले । समुन्द्र क्षेत्रमा कति विपत आउछन, जान्छन तर यिनिहरु सहजताका साथ अगाडी वढेका छन । अहिले यो क्षेत्र पर्यटकको मुल मुकाम बनेको छ ।