रंगशाला निर्माणमा सहयोग गर्ने प्रमोद खरेलको घोषणा

काठमाडौं, २१ माघ । गायक प्रमोद खरेलले गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । गायक खरेलले वि.सं. २०७६ माघ १७ गतेदेखि ०७७ माघ १७ सम्म आफूले गर्ने प्रत्येक सांगीतिक कार्यक्रमको पारिश्रमिकबाट ५ हजार १११ रुपैयाँका दरले रंगशाला निर्माणमा सहयोग गर्ने उल्लेख गरेका हुन् ।

गायक खरेलले आफ्नो फेसबुकमा हातेमालो रंगशालानिर्माण शिर्षक दिएर लेखेका छन्– ‘ जनस्तरबाट निर्माण भईरहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागी म मेरो तर्फबाट सहयोगको घोषणा गर्दैछु । जो अन्तर्गत २०७६ माघ १७ देखि २०७७ माघ १७ ( अर्थात् १ वर्ष ) भित्र मैले गर्ने कुनै पनि सांगीतिक कार्यक्रमबाट लिने पारिश्रमिक मा हरेक कार्यक्रम बाट रु ५१११ रुपैयाँका दरले यो अभियान लाई प्रदान गर्नेछु । थोपा थोपा मिले सागर अवश्य बन्नेछ ।’

कलाकार तथा सामाजिक अभियान्ता सीताराम कट्टेल (धुर्मुस)ले चितवनमा निर्माण गरिरहेको रंगशाला निर्माणका लागि ३ अर्ब लगानी लाग्ने बताईएको छ । सीतारामले रंगशालामा निर्माणमा लगानी जुटाउन आग्रह गर्दै आएका छन् ।