उपल्लो डोल्पामा झाडापखाला समस्या

माघ २१, काठमाडौं – उपल्लो डोल्पाका स्थानीयवासी झाडापखालाको समस्याबाट पीडित बनेका छन् । चिसोका कारण आर्थिक अवस्था कमजोर र वृद्धवृद्धा मात्र उपल्लो डोल्पामा बस्ने गर्दछन् ।

डोल्पोबुद्ध गाउँपालिका–४ ताक्सी र धोगाउँमा झाडापखालको समस्या देखापरेको हो । परम्परागत उपचार विधि आम्चीको भरमा उपचार हुँदै आइएको जनाइएको छ ।

गत मङ्सिर महिनामै औषधिको माग गरे पनि अहिलेसम्म नपाएको यहाँका स्थानीय तहले बताएका छन् । दैनिक भाडापखालाका बिरामीको सङ्ख्या बढ्दै गएको र औषधि नहुँदा थप समस्या हुँदै गएको बताइएको छ ।

हिउँले ढाँकेको यहाँका बस्तीका बिरामीको उपचार गर्न नै सकस भएको छ ।