कोरोना भाइरसबाट बच्न प्रधानमन्त्रीको टिप्स

काठमाडौं, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा देखा नपरेकाले त्रसित नहुन आग्रह गरेका छन् । नेकपा केन्द्रिय कमिटी बैठक समापन गर्दै ओलीले कोरोना भाइरससँग सचेत रहन चाहिँ आग्रह गरेका छन् ।

ओलीले भनेका छन् – ‘तर सजग हुनुस् ।’ नेपालमा माक्स उत्पादन हुन गाह्रो भएको ओलीको भनाई थियो । नेपालमा दैनिक ९ हजार माक्स उत्पादन हुन सक्ने भए पनि हाल ३ हजार माक्स मात्रैउत्पादन भैंरहेको र अधिकतम उत्पादन गर्ने दिशामा अघि बढेको ओलीको भनाई थियो ।

‘माक्स प्रयोगको आदतदेखि हात धुनेसम्मको कुरा महत्वपूर्ण हो, मुख छोपेर मात्रै हाछ्युँ गर्ने र हाछ्युँ गर्दा अर्को व्यक्तिभन्दा एक मिटर टाढै बस्ने बानी बसाल्नुस्, अरूलाई पनि त्यही सिकाउनस्’ ओलीले भनेका छन् ।