ट्रेलरमा यस्तो देखियो धुर्मुस–सुन्तलीको‘सेन्टी भाइरस’

माघ १६, काठमाडौं –  माघ हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को निर्माण रहेको फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलर हेर्दा फिल्मले राजनीतिको कथा उठान गरेको अनुमान लगाउन सकिन्छ । सिताराम र कुञ्जनाको अलवा फिल्ममा दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, कमलमणी नेपाल, एलिस राइ, सन्दिप क्षेत्री, पवन खतिवडा, सुनिता घिमिरे लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

रामबाबु गुरुङले निर्देशन गरेका हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको फिल्ममा डिन्डु लामा ह्योल्मोको पनि लगानी रहेको छ । शैलेन्द्र डि.कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन रहेको फिल्म फागुन ९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।