’म्यान्चेष्टर डर्बी’मा युनाईटेडको जित

माघ १६, एजेन्सी – ’म्यान्चेष्टर डर्बी’मा युनाईटेडले जित हासिल गरेको छ ।

ईपीएल कपको सेमिफाईनलको दोस्रो लेगको खेलमा म्यान्चेष्टर शहरका दुई क्लब भिडेका थिए ।

जसमा युनाईटेडले सिटीलाई १–० गोल अन्तरले हरायो ।

दोस्रो लेगमा हारेपनि सिटीले समग्रमा ३–२ को नतिजा सहित ईपीएल कपको फाईनल प्रवेश गरेको छ ।

सिटीले अब उपाधिका लागि मार्च १ मा एस्टन भिल्लासंग वेम्वली मैदानमा खेल्नेछ ।