विपिनले छाडे दीपेन्द्रको दुई नम्बरी : पल शाहको इन्ट्री

काठमाडौं, १३ माघ । दीपेन्द्र लामा यतिबेला आफ्नो नयाँ चलचित्र ‘दुई नम्बरी’को तयारीमा छन् । उनले यो चलचित्रका लागि अभिनेता विपिन कार्कीलाई प्रस्ताव गरेका थिए । दीपेन्द्रको दुई नम्बरीमा विपिनको चर्चा चलिरहदा अर्का अभिनेता पल शाह यस चलचित्रमा आवद्ध भएका छन् ।

यो समयका व्यस्त अभिनेता कार्कीले समय नमिल्ने भन्दै चलचित्र दुई नम्बरीमा काम नगर्ने बताए पछि कार्कीलाई प्रस्ताव गरिएको भूमिकाका लागि पललाई पक्का गरिएको हो । चलचित्र निर्देशक दीपेन्द्र लामाले चलचित्रका लागि विपिनलाई प्रस्ताव गरिएको तर, उनको समय नमिले पछि शाहलाई अनुबन्ध गर्न लागेको बताएका छन् ।

अभिनेता विपिन कार्की तथा निर्देशक दीपेन्द्रले यसअघि ‘गोपी’मा सहकार्य गरेका थिए । चलचित्र‘दुई नम्बरी’मा पलका साथमा दयाहाङ राई र वर्षा राउत शिर्ष भूमिकामा देखिने छन् ।

चलचित्र ‘दुई नम्बरी’मा एक भुटानी अभिनेत्रीले पनि अभिनय गर्ने सक्ने बताईएको छ । ति भूटानी कलाकारले यो चलचित्रमा अभिनय गर्ने नगर्ने एकसाता पछि पक्का हुन् निर्देशक लामाले बताएका छन् ।