अदालतले थुन्ने आदेश दिनु अगावै सिद्धबाबा फरार

माघ १०, काठमाडौ – अनुयायीमाथि बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले बिहीबार उनलाई थुनामा पठाउने आदेश गरेको उच्च अदातलकी वैतानिक वकिल रुकमणि दाहालले वताइन।

जिल्ला अदालत सुनसरीले यस आघि गिरीलाई तीन लाख धरौटीमा छोड्नआदेश दिएको थियो । उच्च अदालतले उक्त आदेश बदर गर्दै उनलाई पूर्पक्षका लागि थुनामा पठाउन भनेको थियो।

तर उच्च अदालतको आदेश आउनु केही घन्टा अघि नै गिरी भने भारत पसिसकेको वताइएको छ । उनलाई निगरकनीका लागि खटाएका हवल्दारलाई फर्काएर भारत पसेका गिरीलाई प्रहरीले फरार सूचीमा राखेको छ।

उनि माथि आफ्नै अनुयायीलाई वलत्कार गरेको आरोप छ ।