राष्ट्रिय सभा सदस्यमा बिजयपछि नारायणकाजी श्रेष्ठल भने –सरकारलाई सफल बनाएरै छाड्छु

माघ १०, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो विजयले वर्तमान सरकारलाई प्रभावकारीरुपमा सञ्चालन गरेर परिणाममुखी बनाउन मद्दत पुग्ने बताएका छन् ।

राष्ट्रिय सभा सदस्यमा निर्वा्चित भएपछि बिहीबार साँझ पोखरामा आयोजना गरिएको विजयी सभामा उनले सरकार र सदनको प्रभावकारिता वृद्धि गरी ‘समृृद्ध नेपाल, सुखी नेपाली’ को सरकारको आकांक्षालाई सफल तुल्याउन आफ्नो विजयले सघाउने दाबाी गरेका छन् ।
उनले भने ’राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्न र सरकारलाई प्रभावकारीरुपमा सञ्चालन गरेर परिणाममूखी बनाउन विजयले मद्दत गर्नेछ । हामी सरकारलाई हरहालतमा सफल बनाइ छाड्ने छौँ, म आफ्नातर्फबाट सम्पूर्णरूपमा प्रतिबद्धता व्यक्त गर्दछु ।’