आज सोनाम ल्होसार मनाइदैं –वाग्मती प्रदेशमा सार्वजनिक बिदा

मघ १०, काठमाडौं – वाग्मती प्रदेश सरकारले शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएको वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै प्रदेश सरकारको गएको पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शुक्रबार सार्वजनिक बिदा दिइएको जनाएको छ ।

काठमाण्डौ उपत्यकाका हकमा भने केन्द्र सरकारको राजपत्रअनुसार हुने भएकाले बिदा दिइएको बताइएको छ ।

केन्द्र सरकारले प्रदेश सरकारलाई बढीमा एक वर्षमा ६ दिन बिदा दिन पाउने अख्तियारी दिएको छ ।

त्यही अख्तियारीअनुसार प्रदेश सरकारले आफ्नो प्रदेशका महत्वपूर्ण धार्मिक, जातीय र सांस्कृतिक चाडपर्व आदिमा आवश्यकता हेरी बढीमा ६ दिनसम्म बिदा दिन पाउने व्यवस्था छ ।