लाइसेन्स बनाइदिन्छु भनी २ हजार लिने दुई जना पक्राउ

माघ ८ काठमाडौं – सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा पास गराइदिने भनी २ हजार रुपैयाँ लिने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाजुराको जुगाडा गाउँपालिका ६ घर भई ठूलोर्भयाङ बस्ने वर्ष २५ का मान बहादुर रोकाया र धादिङ निलकण्ठ नगरपालिका ४ घर भई स्वयम्भू बस्ने वर्ष ३८ का गणेश गुरुङ रहेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरीको टोलीले मंगलबार यातायात व्यवस्था कार्यालय ठूलोर्भयाङ स्वयम्भूबाट उनीहरुलाई नियन्त्रणमा लिएको बताएको छ । उनिहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।